डब्लुएचओद्वारा ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज

२०७७ आश्विन २७ गते, मंगलवार


काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ । डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमतायुक्त बन्ने तर्कको खारेज गरेका हुन् । समुदायको ठूलो हिस्सा खोप मार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक रोगविरुद्ध प्रतिरोधात्मक क्षमता युक्त बन्ने अवधारण गलत भएको उनको भनाइ छ । यस्तो अवधारणा बैज्ञानिक नरहेको समेत गेब्रेयेसोसले बताएका छन् ।
भाइरसलाई त्यसै फैलिन दिनुको अर्थ मानिसहरुलाई संक्रमित हुन, समस्या पर्न र मर्न दिनु रहेको उनको भनाइ छ । भाइरसविरुद्ध विश्वभर एक सयवटा खोप विकासको क्रममा रहेको डब्लुएचओले जनाएको छ । त्यसमध्ये धेरै मानवीय परीक्षणको विभिन्न चरणमा छन् । तर अहिलेसम्म कुनै पनि खोपले स्वीकृति पाएका छैनन् । कोरोनाबाट विश्वभर अहिलेसम्म तीन करोड ७८ लाख भन्दा बढी मािनस संक्रमित भएका छन् । १० लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु