ट्रम्पद्वारा बाइडेन‍ कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप

२०७७ आश्विन २७ गते, मंगलवार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण भएपछि पहिलो पटक फ्लोरिडामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै आफु राम्रो स्वास्थ्य अवस्थामा रहेको अनि ’रोग प्रतिरोधी’ बनेको बताए । उनले प्रतिस्पर्धी जो बाइडेनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको बताए । ट्रम्पले सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका छन् । स्यान्डफोर्ड नगरमा भएको र्‍याली स्थलमा सामाजिक दूरी कायम गरिएको थिएन । कैयौं मानिसहरू विना मास्क उपस्थित भएका थिए ।
आगामी चार दिनमा चुनावका बेला कडा टक्कर हुने ठानिएका पेनसिल्भानिया, आयोवा र नर्थ क्यारोलाइनाको ट्रम्पले भ्रमण गर्नेछन । नोभेम्बर ३ को चुनाव जित्नका निम्ति फ्लोरिडामा विजयी हुन ट्रम्पको निम्ति अत्यावश्यक देखिएको छ ।
मत सर्वेक्षणहरूमा राष्ट्रिय स्तरमा बाइडन ट्रम्पभन्दा १० अंकले अगाडि रहेको देखाएको छ । ट्रम्प १२ दिन अगाडि कोरोना भाइरस संक्रमित भएका थिए । उनी सोमबार बेलुकीवाट संक्रमणमुक्त भएको उनका चिकित्सकले बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु