उत्तर कोरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक

२०७७ आश्विन २५ गते, आईतवार


काठमाडौं । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरिएको छ । ‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले शत्रुको संभावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरणका लागि हतियार प्रदर्शन गर्नुपरेको बताए । उनले दुश्मनले आणविक खतराका साथै विभिन्न चुनौती थपेकाले त्यसको प्रतिरक्षाको युद्ध क्षमताको सुदृढीकरण जारी राखेर जोखिमपूर्ण प्रयासहरू र खतराहरू रोक्ने बताए ।
उत्तर कोरियाले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता पालना गरे पनि अमेरिकाले भने सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ । सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दुई पटक शिखर वार्ता भएको थियो । ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन । यसैबीच भारतले १० औं मिसाइल परीक्षणको तयारी गरेको छ ।
आगामी हप्ता १०औ निर्भया क्षेप्यास्त्र मिसाईल परीक्षण गर्ने भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडीले जनाएको छ । ८ सय किलोमिटरसम्म मार हान्न सक्ने सब सोनिक क्रुज मिसाइलको परीक्षण गरिन लागेको हो -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु