पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिए

२०७७ आश्विन २४ गते, शनिबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२२९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

प्रतिक्रियाहरु