‘ओली, देउवा र प्रचण्डले नौं अर्ब भ्रष्टाचार गरे’

२०७७ आश्विन २४ गते, शनिबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एबम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले हालका प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका–६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेस गर्न आपूm तयार रहेको समेत बताएका छन् । ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका हुन्’, भट्टराईले थपे, ‘मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस–आठवटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् ।’ चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको भन्दै भट्टराईले आक्रोश समेत पोखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु