मास्क नलगाए १ हजार युराेसम्म जरिवाना !

२०७७ आश्विन २३ गते, शुक्रबार


काठमाडौं । इटालीमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै मास्क लगाउन अनिवार्य गरिएको छ । इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिएका थिए । मास्क नलाउनेलाइ ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम लागू गरिएको छ । यद्यपि अन्य कडाइ भने हाल गरिएकाे छैन ।
इटालीमा पछिल्लाे समय दैनिक संक्रमितकाे संख्या पुनः बढ्न थालेकाे छ । बिहीबार एक दिनमा त्यहाँ ४ हजार ४५८ जना नयाँ संक्रमित थपिएका छन् भने थप २२ जनाकाे मृत्यु भएकाे छ । हालसम्म त्यहाँ कुल संक्रमित संख्या ३ लाख ३८ हजारभन्दा बढी छ भने ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु