तातोपानी नाका खुल्यो

२०७७ आश्विन १९ गते, सोमबार


काठमाडौं । बाढीपहिरोका कारण असार २५ गतेबाट बन्द रहेको तातोपानी नाका आजबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमती अनुसार नाका पुनः खुलेको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार चीनको स्वाशासित क्षेत्र खासाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको यार्डमा ल्याएपछि नाका सुचारु गरिएको हो । सोही अनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएका छन् । तर निर्यात भने भएको छैन ।
खासाबाट छ कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने क्रममा रहेको छ । कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका हुन् । उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा पुर्‍याएका छन् ।
ढुवानीमा सग्लन चीनियाँ र नेपाली चालक र मजदुरको पाँच, पाँच दिनमा परीक्षण हुने गरेको छ । नेपाल तर्फ २९ जना चालक र मजदुरको टोली सामान लोड र अनलोड गर्ने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रियाहरु