अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट लिनुपर्ने शिक्षा

२०७७ आश्विन १९ गते, सोमबार

हस्तबहादुर केसी

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास ज्यादै लामो र समृद्धशाली छ । सन् १८४६ मा स्थापना गरिएको कम्युनिस्ट लिगको स्थापनासँगै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास शुरु भएको हो । सन् १८४७ को नोभेम्बरमा जेनेभामा आयोजना गरिएको कम्युनिस्ट लिगको दोस्रो कंग्रेसले कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) लाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा सुम्प्यो । सन् १८४८ फेब्रुअरी २१ का दिन कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लण्डनबाट जारी गर्नु भयो । त्यही विश्व विख्यात कम्युनिस्ट घोषणापत्र नै विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त र पथप्रदर्शक सिद्धान्त बन्यो । अर्थात् माक्र्स – एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन पश्चात् विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सैद्धान्तिक हतियार प्राप्त ग¥यो ।

माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको सिद्धान्त भौतिकवाद हो । तसर्थ, यस दर्शनको सिद्धान्त भौतिकवाद हो भने द्वन्द्ववाद यस दर्शनको पद्धति हो । यो नै विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो आज माक्र्सवादको विकासको चरणमा पहिलो माक्र्सको विकासको चरणमा विकास भएको छ । माक्र्सवादको विकासको दोस्रो चरण लेनिनवादको गुणात्मक रुपमा विकास भएको छ । माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । आज यसरी माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको छ ।

यसै सिलसिलामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासको चर्चा गरिरहँदा सही कुरा के हो भने सन् १८५२ मा माक्र्सले कम्युनिस्ट लिगको विघटन गर्नु भयो । र, सन् १८६४ मा आफ्नै नेतृत्वमा कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गरेर सञ्चालन गर्नु भयो । त्यस पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियलाई चरम अवसरवादी तथा अराजकतावादीहरुले कब्जा गर्न थालेपछि माक्र्स स्वयम्ले सन १८७२ पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो ।

सन् १८८३ मार्च १४ का दिन माक्र्सको निधन भयो । माक्र्सको निधनले विश्व कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो । सन १८८९ मा फ्रेडरिक एंगेल्सले आफ्नै नेतृत्वमा दोस्रो दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गर्नु भयो । सन १८९५ अगष्ट ६ का दिन फ्रेडरिक एंगेल्सको निधन भयो । एंगेल्सको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो । त्यस पछि दोस्रो अन्तर्राष्ट्रियको जिम्मेवारी लेनिनको काँधमा आयो । सन १९१४ मा लेनिनले दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो । सन १९१७ अक्टोबर २५ का दिन लेनिनकै नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक परिघटना थियो । त्यसले विश्व मानव समाजमा नयाँ युगको सूत्रपात ग¥यो । अक्टोबर क्रान्तिको प्रभाव विश्वभरी पर्न गयो । त्यस पछि विश्वका विभिन्न मुलुकहरुमा एक पछि अर्को गर्दै दर्जनौँ कम्युनिस्ट पार्टीहरु निर्माण हुन पुगे ।

यसै सिलसिलामा कमरेड माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ अक्टोबर १ दिन महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्योभन्दा पहिले नै उत्तर कोरिया र भियतनाममा जनवादी एवं समाजवादी क्रान्तिहरु सम्पन्न भइसकेका थिए । पूर्वी युरोपका २० औँ राष्ट्रहरुमा सोभियत मोडलको समाजवाद लागू गरिएको थियोे । र, सन् १९५९ मा क्युवाली क्रान्ति पनि सम्पन्न भएको थियोे । यसरी विश्व भूगोलको ठूलो भूभाग र जनसंख्याको बहुमत संख्या समाजवादको छातामुनि गोलबद्ध हुन पुगेका थिए । सन् १९१९ मा लेनिनले आफ्नै नेतृत्वमा तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गरेर परिचालन गर्नु भयो । सन् १९२४ जनवरी २३ का दिन लेनिनको पनि पनि निधन भयो । लेनिनको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो । त्यस पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय र सोभियत समाजवादलाई अगाडि बढाउने जिम्मेवारी स्टालिनको काँधमा आयो । तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियलाई पनि सन १९४३ डिसेम्बर १० का दिन स्टालिनले विघटन गर्नु भयो । र, आफ्नै नेतृत्वमा कोमिनटर्नको गठन गर्नु भयो । यस विषयमा चीनले कुनै चासो लिएन । त्यस पछि त्यो अगाडि बढ्न सकेन । सन् १९५३ मार्चका दिन स्टालिनको पनि निधन भयो । स्टालिनको निधनले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो ।

स्टालिनको निधन पश्चात् अर्थात् सन १९५६ मा निकेतन ख्रुश्चोभद्वारा रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक) भित्र प्रतिक्रान्ति गराइयो । सन् १९५६ मार्च २४–२६ मा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) को २० औँ महाधिवेशनमा ख्रुश्चोभले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना ग¥यो । यस परिघटनाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र र विश्व समाजवादी शिविरमा गंभीर प्रकारको असर प¥यो ।

कमरेड माओ त्सेतुङले ख्रुश्चोभी संशोधनवाद अर्थात् आधुनिक संशोधनवादो खुलेर विरोध जनाउनु भयो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र भीषण दुई लाइन संघर्ष चलाउनु भयो । यता चीनमा पनि सन् १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको ८ औँ महाधिवेशनमा ल्यू शाओ चि र दङ शायो पिङले ‘विरालो कालो र सेतो हुनुले फरक पार्दैन, विरालोको मुख्य काम मुसा मार्नु हो’ भन्दै पुँजीवादी कार्यदिशा पेस गरेर पुँजीवादको पुनस्र्थापन गर्ने कार्य भयो । कमरेड माओ त्सेतसङले प्रतिक्रान्तिप्रति भीषण वैचारिक संघर्ष सञ्चालन गर्दै ‘हेड क्वाटरमाथि बमबारी गर’ भन्ने उर्दी जारी गर्नु भयो । र, पार्टी र सरकारको माथिल्लो तहमा घुस्न सफल भएका संशोधनवादीहरुलाई परास्त गर्न सन १९६६ देखि १९७६ सम्म दश वर्षे ‘महान् सर्वहारा साँस्कृतिक क्रान्ति’ सञ्चालन गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न जीवन प्रयान्त संघर्ष जारी राख्नु भयो ।

१९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओ त्सेतुङको पनि निधन भयो । कमरेड माओको निधनले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो । कमरेड माओको निधन भएको ठिक एक महिना पछि चीनमा प्रतिक्रान्ति भयो । र, पुनः पुँजीवादको पुनस्र्थापना भयो । र प्रतिक्रान्तिकारी तेङ गुटले ग्याङ अफ फोरका चारजना नेताहरुलाई गिरफ्तार गरेर आजीवन जेलमा सढाएर पुँजीवादको पुनस्र्थापना ग¥यो । यसरी रुस र चीनमा प्रतिक्रान्ति भए पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र र विश्व समाजवादी शिविरभित्र अवश्यै पनि गम्भीर प्रकारको धक्का लाग्यो । र, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । अझैसम्म यो अवस्था कायमै छ ।

सन १९८० विश्वभरका क्रान्तिकारीहरुको भेलाको आयोजना गरियो । सन् १९८४ मा क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्राष्ट्रियका रुपमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को स्थनपना भयो । सन् १९८८ मा कमरेड गोञ्पेजालोले नेतृत्व गरेको पेरुभियाली कम्युनिस्ट पार्टी (साइनिङपाथ) ले कमरेड माओका योगदानहरुलाई ‘माओवाद’ मान्नुपर्ने भन्दै ‘माओवाद’ को पदावली प्रयोग ग¥यो र त्यस पछि क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) मा आबद्ध विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले कमरेड माओका योगदानहरुलाई संश्लेषण गरिएको ‘माओवाद’ लाई अङ्गीकार गर्ने र पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद – लेनिनवाद – माओवाद हुने कुरालाई आत्मसात गरियो र पार्टीको नामको अगाडि कोष्टभित्र ‘माओवादी’ लेख्न थालियो । पेरुमा कमरेड गोञ्जालोको नेतृत्वमा पेरुभियाली कम्युनिस्ट पार्टी (साइनिङपाथ) ले सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको थियो । तीनवटा मुख्य शहर रहेको पेरुमा माओवादीहरुले राजधानी रहेको लिमा शहर कब्जा गर्ने अवस्थामा पुगेकै बेला सन् १९९२ मा साइनिङपाथका अध्यक्ष कमरेड गोञ्जालो अमेरिकी पिठ्युँ फुजिमोरी सरकारको गिरफ्तारीमा पर्नु भयो र उहाँलाई सैनिक जेलमा राखियो ।

त्यसपछि दोस्रो र तेस्रो तहका नेताहरु पनि गिरफ्तारीमा पर्नु भयो र भीषण दमन चलायो । त्यस पेरुभियाली माओवादीहरुले सञ्चालन गरेको सशस्त्र जनयुद्धले सेटब्याक खायो । सन् १९९१ मा सोभियत मोडलको समाजवादलाई विधिवत रुपमा विघटन गरियो । त्यसपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र निरासा छाइरहेको बेला यता नेपालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पहलमा २०५१ साल (सन् १९९६) फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्धको शुरुवात भयो । दश वर्षसम्म सञ्चालन गरिएको सशस्त्र जनयुद्धको प्रक्रियामा आधार इलाकाहरु निर्माण गरिए । स्थानीय जनसत्ताहरु, जनअदालतहरु, जनकम्युनहरु र जनसरकारहरु निर्माण हुँदै गए । सात सातवटा जनमुक्ति सेनाका डिभिजनसम्म बन्न पुगे । राजनीतिक शक्ति सन्तुलन हुँदै प्रत्याक्रमणको चरणमा पुगिसकेको बेला जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड (बाबुराममा व्यापक रुपमा वैचारिक विचलन पैदा भएपश्चात् उनीहरूले साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गरेर प्रतिक्रियावादमा पतन हुन पुगे पछि दश वर्षेे जनयुद्धले सेटब्याक खान पुगेको छ । तर, माओवादी आन्दोलनभित्रका क्रान्तिकारीहरुले २०६९ असार २–५ को बौद्ध राष्ट्रिय भेलाबाट विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी पुनर्गठन गरेर अहिले नेकपा (क्रान्तिकारी माओवादी) सम्म पुगेर सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्यका साथ क्रान्तिको तयारी गरिरहेको छ । विप्लव नेतृत्वको नेकपालगायत अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्तिको कामलाई अगाडि बढाइरहेको छ । आज विश्व क्रान्तिका निम्ति वस्तुगत अवस्था परिपक्व बन्दै गएको भए पनि आत्मसात शक्ति कमजोर छ । यति हुँदाहुँदै पनि भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) पहलमा सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको छ । भारतको ठूलो भूभागमा माओवादी जनयुद्धले प्रभाव फैलाइसकेको छ । टर्कीको ओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीले सशस्त्र जनयुद्धको तयारी गरिरहेको अवस्था छ भने फिलिपिन्सको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनमुक्ति सेनाको निर्माण गरेर सशस्त्र जनयुद्धको पहल गर्ने तयारी गरिरहेको अवस्थामा छ । साथै पाकिस्तान, बंगलादेश, अफगानिस्तानका माओवादीहरु सशस्त्र जनयुद्धको तयारी गरिरहेको अवस्थामा छन् ।

यस अतिरिक्त फ्रान्स, इटली, जर्मनी, नेदरल्यान्ड, बेल्जियम, ब्राजिल, भेनेजुयला, अमेरिका, इजरायल, चिलीका माओवादीहरु सशस्त्र संघर्षका पक्षमा रहेका छन् । पेरुभियाली कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अध्यक्ष कमरेड गोञ्जालो सन १९९२ सालदेखि २८ वर्ष यता पेरुको सैनिक जेलमा नजरबन्द हुनुहुन्छ । पेरुमा माओवादी जनयुद्धले सेडब्याक मात्र खाएको अवस्था हो । नेतृत्वले आत्मसमर्पण गरेको, क्रान्तिप्रति गद्दारी वा अन्य कारणले त्यहाँको माओवादी जनयुद्ध समाप्त भएको होइन, माथि पनि चर्चा गरिएको छ कि कमरेड गोल्जालोलगायत पहिलो, दोस्रो र तेस्रो तहसम्मका नेताहरु गिरफ्तारीमा जेल परे पछि जनयुद्धले सेडब्याक खाएको हो । वातावरण बनाउँदै गरेर त्यहाँ पनि पुनः सशस्त्र जनयुद्ध सञ्चालन गर्ने तयारी गरिरको अवस्था छ । आज संसार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका लागि वस्तुगत अवस्था ठीक हुँदाहुँदै पनि आत्मगत अवस्था कम्जोर भएकै कारण क्रान्ति सम्पन्न गर्नलाई गम्भीर प्रकारका जटिलताहरु छन् । यसका बाबजुद आज साम्राज्यवादमा गरिरसकेको पुँजीवाद हरक्षेत्रमा संकटग्रस्त बन्दै गरेकोले विश्व सर्वहारा वर्गका सामु महान् अवसर र गम्भीर चुनौतीका बीचबाट विश्व क्रान्तिलाई अगाडि बढाउनु पर्ने दायित्व थपिएको अवस्था छ । सन् १९८४ मा गठन भएर सञ्चालनमा आइरहेको क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को विघटन भइसकेको छ । आज पुनः कम्युनिस्ट अन्तर्राष्ट्रियको आवश्यकता र महत्व बढिरहेको छ । माक्र्सवाद – लेनिनवाद – माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै आएका माओवादी पार्टीहरुबाट कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माण र परिचालनको आवश्यकता महसुस गरिरहेको अवस्था छ ।

यसै महत्वलाई मध्यनजरमा राखेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माण गर्न पहल गर्ने निर्णय गरेर यसको निर्माणको आवश्यकता र महत्वका बारेमा बहस चलाउँदै निर्माणका निम्ति पहल गर्ने योजना अगाडि बढाइरहेको अवस्था छ । यस पहलले विश्वभरका क्रान्तिकारी माओवादीहरुलाई उत्साहित तुल्याउनु स्वाभाविकै हो । आज प्रतिक्रान्ति भएको भए पनि चीन, भियतनामलगायतका देशहरूमा कम्युनिस्ट पार्टीकै नेतृत्वमा सम्बन्धित देशको विशेषतामा समाजवादी शासन प्रणाली चलाइरहेको बताइएको छ भने उत्तर कोरिया, क्युवामा पनि समाजवादी व्यवस्था सञ्चालन भइरहेको भन्ने रहेको छ ।

अर्कोतिर नेपाल, ब्राजिल, भेनेजुयलाजस्ता देशहरू पार्टीको नाम कम्युनिस्ट पार्टी राख्दै आएको भए पनि संसदवादमा पतन भएर पूरै साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्थालाई स्वीकार गर्दै संसदीय पुँजीवादी व्यवस्थामा पतन भइसकेका छन् । तर, उनीहरूले कम्युनिस्ट पार्टीको लोगोलाई ट्रेडमार्कको रुपमा प्रयोग गरेर जनताका बीचमा भ्रमको खेती गरेर क्रान्तिप्रति गद्दारी गरेर जनतालाई झुक्याउने कार्य गरिरहेका छन् । उदाहरणका रुपमा नेपालको सत्ताधारी नेकपाले संसदीय निर्वाचनबाट दुई तिहाईको बहुमतको कम्युनिस्ट सरकार निर्माण गरेको नाटक गरेर नेपाली जनतालाई भुलभुलैयामा पारिरहेको छ । यसरी आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन एकातिर बहुलवादी संसदवादी दक्षिणपन्थी संशोधनवादी धारा र क्रान्तिकारी माओवादी धारा गरी दुई विपरीत धारामा खडा हुन पुगेको छ । आज यसरी नेपाली क्रान्ति तथा विश्व क्रान्तिका सामु संसदवादमा गिर्न पुगेको दक्षिणपन्थी संशोधनवाद प्रमुख बाधकको रुपमा खडा हुन पुगेको छ । यसलाई समाप्त पार्न मूलतः विश्व सर्वहारावर्ग र सम्बन्धित देशका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु, विशेषगरी मालेमावादलाई पथप्रदर्शक सिद्धान्त अवलम्बन गर्दै आएका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्नो देशको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मालेमावादसम्मत ढंगले क्रान्तिलाई अगाडि बढाउने र विजयको शिखरमा पु¥याउने दायित्व विश्वभरका क्रान्तिकारी माओवादी पार्टीहरुको काँधमा आइपुगेको छ । कोभिड १९ द्वारा सिर्जित मानवीय समस्याहरुले गर्दा पनि अब विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र सिंगो विश्व सर्वहारा वर्गले नयाँ आधारमा सोच्ने, चिन्तन मनन् गर्ने, क्रान्तिकारीपनामा मात्र रुमलिए र नबसरेर नयाँ रणनीतिक कार्य दिशाहरु अप गर्दै क्रान्तिको कामलाई अगाडि बढाउनुको विकल्प छैन ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु