विदेशमा संक्रमित भएका ३५,९१६ जना नेपाली कोरोना मुक्त

२०७७ आश्विन १८ गते, आईतवार


काठमाडौं । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेकका ४२ देशमा संक्रमित भएकामध्ये ३५ हजार ९ सय १६ जना कोरोना मुक्त भएका हुन् । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म विभिन्न देशमा गरेर ३९ हजार ५ सय २८ नेपाली संक्रमित भएका छन् । यो साता दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
कोरोनाबाट हालसम्म १८ देशमा रहेका २ सय ६६ जना नेपालीको मृत्यु भएको छ । यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा संक्रमण देखिएको संघले जनाएको छ ।

प्रतिक्रियाहरु