कोरोना कहर वास्तविक्ता र भ्रम

२०७७ आश्विन १८ गते, आईतवार

भिष्मकुमार शाही

यति बेला विश्वव्यापी कोरोना कहर ले सताइरहेको छ । यो कोरोना भाइरस चाइनाको वुहान शहरबाट फैलिएर विश्वभरि नै ठूलो आतङ्क पैदा गरेको छ । यतिबेला विश्व समाजमा यसको बारेमा धेरै टिकाटिप्पणीहरु हुन थालेका छन् । यो भाइरस प्राकृतिक हो या मानव निर्मित हो, यो साँच्चिकै हल्लाअनुसार खतरनाक छ, या छैन, यो जनतामा यतिधेरै आतङ्कित किन भइरहेको छ । यसको अन्त्य कहिले हुन्छ, र यसको उपचारको लागि भ्याक्सिन कहिलेसम्म बजारमा आउँछ । भन्ने सन्त्रास फैलिरएको छ । थुप्रै अध्ययन अनुसन्धानले के कुरा पुष्टि गरिसक्यो भने निगम पुँजीवाद र तिनका विश्वभरिका माफियाहरुको सञ्जालले गरेको गोप्य योजना हो र यिनीहरुको हाल विश्वभरि गरिरहेको पछिल्लो व्यवहारले यो भाइरस प्राकृतिक नभएर मानवनिर्मित भाइरस हो भन्ने कुरा प्रमाणित हुँदै गइरहेको छ । विश्वभरिका माफिया र तिनीहरूको गोप्य योजना अनुसार नै यो संकट पैदा भइरहेको छ । विश्वभरिका माफियाहरुको पछिल्लो व्यवहारले यो थप पुष्टि हुँदै गइरहेको छ । यो कुनै भयावह अवस्था पनि होइन बनाउन खोजिएको मात्र हो । माफियाहरूको अमेरिकामा यस्तो संजाल छ कि उनीहरुले आपूmअनुकूल सरकारले काम गरेन भने, सरकारलाई नै दूधको झिंगा फालेझैँ फालिदिन्छन । अमेरिकी माफियाहरुको नाइके विलगेट्सको योजनामा यो सबै भइरहेको हो । यसलाई हामीले निगम पुँजीवादको नाइके र त्यसको सेवा गर्ने सरकारी पात्र राष्ट्रपति ट्रम्प उनीहरुकै संयुक्त योजना मुताबिक यो सब नाटक भइरहेको छ । उनीहरूको उद्देश्य के देखिन्छ भने विश्वभरि आतंक मच्चाउने, आफ्नो सामान टेस्टको रुपमा बेच्ने र जनतालाई लुट्ने । विश्व रङ्गमञ्चमा आपूm अर्बपतिको लिष्टमा रहिराख्ने हो । यतिभन्दा सजिलै विश्वास हुने वा विश्वास मान्ने अवस्था छैन । त्यसको लागि केही तथ्यहरुको तल दिइएको छ, त्यसलाई अध्ययन गरौं ।

तथ्य नं एक ः मा १९८१ मा अमेरिकाबाट एउटा उपन्यास प्रकाशित भएको थियो, आजभन्दा ३९ वर्षअगाडि (द आईज अफ डर्कनेस) यो उपन्यासमा लेखिएको छ कि लगभग सन २०१९ को अन्यतिर र २०२० को सुरुवाती कोभिड नाइन्टिन नामको भाइरस देखा पर्नेछ । त्यहाँ भनेको छ कि एउटामा महामारीको रुपमा देखा पर्नेछ । यसले के कुरा पुष्टि ग¥यो भने यो महामारीको कल्पना ३९ बर्ष पहिलै गरेर लेख्न समेत लगाइएको पुष्टि हुन्छ ।

तथ्य नं. दुई ः सन २०१५ मा अमेरिकन गुप्तचर संस्था सिआइएले एउटा रिपोर्ट बुझाएको थियो । त्यो रिपोर्टिङमा भनिएको छ कि २०२० कोरोना भाइरस महामारीको रुपमा देखिने सम्भावना छ । त्यसपछि ट्रम्प राष्ट्रपति भइसकेपछि कोरोना सुरु हुनुभन्दा केही समय पहिला सिआइएले ट्रम्पलाई पुनः स्मरण गराएको थियो, तर ट्रम्पले त्यो रिपोर्टको कुनै प्रवाह नगरेकोले अमेरिकामा आज भयावह अवस्था आएको भनेर तीव्र विवाद र बहस भइरहेका छन् ।

तथ्य नं. तीन ः यो स्वास्थ्य क्षेत्रभन्दा अलि बाहिरको विषय हो । सन् २०१८ को विश्व बैंकको प्रक्षेपण (खर्च, ऋण, अनुदान विवरण) मा त्यहाँ कोभिट नाइन्टिन नामको शीर्षकमा रकम छुट्याइएको छ । कोभिट १९ देखिनुभन्दा दुई वर्ष अगाडि नै यो शीर्षक छुट्याइएको छ । अहिले हेर्दा त्यो विवरणबाट त्यो शीर्षक हटाइएको छ र २०१८ को विवरण विश्व बैङ्कको ओएवसाईटबाट हटाइएको छ किन ।

तथ्य नं.चार ः सन २०१९ अक्टोबरमा कोरोना देख्नुभन्दा तीन महिना अगाडि बिलगेटसको लगानीमा वनेको जोहन हकिन्स कलेज, स्वास्थ्य विभाग र विश्व आर्थिक मञ्चको सयुक्त चार घण्टा बैठक बसी निम्न निर्णयहरु गरेका थिए ।

१. अब २०२० को सुरुमै कोरोना भाइरसको माहामरी देखापर्नेछ ।

२. त्यसले विश्वको ८० देखि ९० प्रतिशत जनतालाई संक्रमित गर्ने छ ।

३. यो कम्तीमा पनि १८ महिना चल्ने छ ।

४. यसले संसारका १६ करोड जनताको ज्यान लिने छ । तस्बिर देखाएर सामाजिक सञ्जालमा प्रकाशित गरेको थियो ।

५. यसलाई नियन्त्रण गर्न विश्वव्यापी लकडाउनलाई अनिवार्य लागू गराउनुपर्छ ।

यिनिहरुले कसरी अगाडिनै आँकलन गरे के यिनीहरु जोतिस हुन ? यिनीहरुले यी पाँच निर्णय सार्वजनिक गरेको ठीक तीन महिनापछि चीनको बुहान शहरमा त्यो भाइरस देखिएको छ । अब सजिलै आँकलन गर्नुहोस् कि १९८१ मा कल्पना गरेर लेख्न लगाएको उपन्यासदेखि बिल गेट्सको पहलमा गरेको त्रि–पक्षीय बैठकको निर्णयसम्म आउँदा त्यो भाइरस निगम पुँजीवादीहरुको ठूलो षड्यन्त्र र डिजाइनमा आएको स्पष्ट हुन्छ । अब जिज्ञासा उत्पन्न हुन्छ कि यो सब किन गरिरहेका होलान् । यसमा माफियाहरुको ठूलो स्वार्थ लुकेको छ । यो स्वार्थ के हो ? किन यस्तो मानवीय अपराध गरिरहेका छन भन्ने कुुरा हामी सबैले बुझ्न जरुरी छ ।

अहिले विश्वका शक्ति राष्ट्रहरूको ठूलो प्रतिस्पर्धा छ । आर्थिक, राजनैतिक र सामाजिक क्षमताको हिसाबले कसले कसलाई कतिखेर उछिन्छ थाहै नहुने गरिदिन प्रतिदिन निरन्तर पश्चिमा र गैरपश्चिमा देशहरुबीच तीव्र विकास भइरहेको छ । यो कुरा बिलगेट्स र निगम पुँजीवादका अमेरिकन माफियाहरुलाई पटक्कै चित्त बुझेको छैन । पश्चिमा देशहरुमा सबैभन्दा बढी अर्बपतिहरु बस्ने देश भनेको अमेरिका हो । अमेरिकामा अर्बपति माफियाहरू मिलेर फ्रेडल बैङ्क स्थापना गरेका छन् । जुन बैंक अहिले पनि माफियाहरूको कब्जामा छ । अमेरिका यस्तो देश हो जुन देशको मुद्रा स्वयम् बिलगेट्स र तिनीहरुकै माफियाहरुले आफ्नो निजी बैङ्कमा छाप्दछन् । त्यो देशको सरकारले मुद्रा छाप्न पाउँदैन भर्खरै ट्रम्पले त्यो फ्रेडल बैङ्कलाई सरकारीकरण गरौंभन्दा ट्रम्पलाई गोली हानिएको काण्ड प्रचारमा आएको थियो । त्यहाँ माफियाहरु र सरकारबीच भएको अन्तरविरोध नै गोलीकाण्ड हो । यी माफियाहरूको देशहरुबाहेक अन्य गैरपश्चिमा देशहरु अगाडि बढेको यिनलाई पटक्कै मन पर्दैन । किनकि यसरी तीव्र गतिमा गैरपश्चिमा देशहरूले विकास गरे भने उनीहरूको अरबपति पद जतिबेला पनि चिप्लिन सक्ने देखिन्छ । त्यही भएर यो बिलगेट्स र त्यहाँको माफियाहरुले प्रत्यक्षरुपमा लड्न नसकेर यो जैविक लडाइँ सुरु गरेका छन् । यतिबेला पहिलो फाएर चीनबाट सुरु भएको छ । अहिले चीन विश्वको नयाँ सुपरपावर देशको रुपमा आउँदैछ । अर्थतन्त्र राजनीति दुवैमा चीन माथि छ, मेकानिकल मेनुफ्यक्चर इलेक्ट्रोनिक्समा चीन संसारमा कसैलाई टिक्न नदिने भयो । दोस्रो ः रुस हतियार टेक्नोलोजीमा रुसलाई अमेरिकाले भेट्नै सक्दैन, तेस्रो ः आइटी प्रविधिमा इन्डियाले धेरै प्रगति गरिरहेको छ । त्यस्तै दक्षिण कोरिया, मलेशिया, ल्याटिन अमेरिकामा ब्राजिल र अर्जेनटिना उदय भएका छन् । एसियामा सिंगापुर, कतार यी सबैको आर्थिक स्थिति बलियो हुँदै गएको छ । उत्तरकोरिया पनि प्राविधिमा धेरै अगाडि बढिसकेको छ । वार्ताको नाममा अमेरिका उसँग लतारिराखेको छ । यी देशहरुको सफलता बिस्तारै चुलिँदै गएका कारण अमेरिकन माफियाहरु ज्यान फालेर लडाइँमा लागेका छन्, अमेरिकन माफियाहरूको लडाई दुई प्रकारले अगाडि बढेको छ । एउटा मानिसको ज्यान सिधै लिने हो, अर्को हुद्वारा भ्याक्सिन बनाएर विकासोन्मुख देशहरुलाई प्यारालाइज गराइदिने, प्रगति गर्न अक्षम बनाइदिने हो । यदि डव्युलुएचओ भ्याम्सिनमा सफल भयो भने एकातिर अमेरिकालाई कुनै देशले उछिन्न सक्दैन भने अर्कोतिर प्रगतितिर लम्किरहेका राष्ट्रहरु पनि विस्तारै ध्वस्त हुनेछन् र प्रतिस्पर्धा गर्न सक्ने छैनन् । बिलगेट्स र अमेरिकी माफियाहरु यति दुष्ट छन् कि सिंगो मानव जाति विरुद्ध नरसंहारमा अगाडि बढिरहेका छन् ।

सामाजिक सञ्जालमा दुई हप्ता अगाडि एउटा समाचार आएको थियो । अफ्रिकामा पोलियो थोपा भनेर खुवाउने र भ्याक्सिन दिने दुईवटै तरिकाद्वारा डब्लुएचओले अफ्रिकामा प्रयोग गरेको थियो । अहिले अफ्रिकामा पक्षघातको महामारी चलिरहेको छ । विश्व स्वास्थ्य संगठनले विलगेट्स र अमेरिकाको एजेण्डामा ज्यान फालेर लागेको छ । विश्व स्वास्थ्य संगठन पनि बिलगेट्स र निगम पुँजीवादी माफियाहरुद्वारा परिचालित संगठन नै हो । त्यो संगठनको आर्थिक लगानीमा ८० प्रतिशतदेखि ९० प्रतिशत लगानी अमेरिका र विलगेट्स माफियाहरुकै छ । यतिभन्दा अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको अन्तरविरोध के हो भन्ने जिज्ञासा उठ्न सक्छ । यहाँ अमेरिका र बिलगेट्सको मुख्य चाहना के थियो भने कोरोना भाइरस चाइनिज भाइरस हूले भनिदेवस् भन्ने थियो । या यो भाइरस वुहान ल्यावबाट बनेको हो भनी चाइनालाई आरोप लगाइदेवस् भन्ने थियो । तर, डब्लुएचओले बिनाकारण त्यो भन्न सकेन । रिसले चुर भएर माफियाहरुले अनुदान कटौती गर्छौं भनेर धम्क्याएका थिए । अन्तरविरोध यही हो र सत्य पनि यही हो । विश्व स्वास्थ्य संगठनले आफ्नो ओयव साइटमा यो भाइरसलाई पहिला कोभिट नाइन्टिन नाम राखेको थियो । अहिले त्यसलाई हटाएर सार्स कोभिट टु राखेको छ । यही हु को करेक्सनबाट भाइरस उत्पादन गर्नेमा चाइनाको कुनै भूमिका नरहेको विस्तारै पुष्टि हुँदै गइरहेको छ । सार्स भाइरस सन २००२ मै देखिएको भाइरस हो । यो कसरी नयाँ हुन सक्दछ । यसो गर्नुुको पछाडि हामी सजिलै बुझ्न सक्छौं यिनीहरूले आफ्नो बदमासीको ढाकछोप गरिरहेका छन् ।

सभ्यताको लडाइ“ हो

विदेश मामिलासम्बन्धी नीति निर्माण गर्ने अमेरिकाको एउटा वैदेशिक समितिले दुई हप्ता अगाडि नै चीनसँग हाम्रो सभ्यताको लडाइँ हो भनिसकेको छ । अमेरिकाले सभ्यताको लडाइँ भनेर विश्वयुद्धको औपचारिक घोषणा गरिरहेको छ । कारोनाको हल्ला अलि मत्थर हुना बित्तिकै विश्व युद्ध अगाडि बढ्ने संकेत देखिन्छ । सभ्यताको लडाइँ भनेर अमेरिकाले पश्चिमी देशहरुलाई मनोवैज्ञानिक रुपमा आफ्नो पक्षमा लिन खेजेको छ । जुन कुरा असम्भव छ । १९९३ मा हन्टिङ् डङ् नामक पुस्तक प्रकाशन गरेर सभ्यताको लडाइँ हो भन्दै २००१ मा अफगानिस्तानमा आक्रमण ग¥यो, २००३ मा इराक माथि आक्रमण ग¥यो, २०११ मा लिबियामा, २०१४ मा सिरियामाथि आक्रमण गरेर मुस्लिम सभ्यता ध्वस्त पार्न युद्ध सुरु गरेको थियो । हुनतः विलगेटस र माफियाहरुले एकातिर सैन्य आक्रमण र अर्कोतिर जैविक हतियारको प्रयोग गरेर लडाइँ सुरु गरेका छन् । उनीहरुकै निर्देशनमा हूले विकासोन्मुख देशहरुमा भ्याक्सिनको नाममा जीवनभरि औषधि खुवाएर प्यारालाइज गराउने योजनामा लागेको छ । जनतालाई भौतिक रुपमै सिध्याउने जालमा छ । कता–कता नयाँ समाचार पनि आएको छ कि मान्छेको शरीर भित्र अक्सिजन र आयोडिनको मात्रालाई कन्ट्रोल गरेर मान्छेको दिमागलाई समेत आफ्नो कन्ट्रोलमा राख्नका लागि चिम्स (मेमोरी) भ्याक्सिनको आविष्कार गरेको छ । जसलाई अहिलेको छन् नेओर्कले कन्ट्रोल गर्नेछ र चीप्सले मान्छेको दिमाग र शरीरलाई कन्ट्रोल गर्नेछ, मान्छेको डेटा सवै चिप्स वनाउने कम्पनीको कन्ट्रोलमा रहने कुरा छ । निगम पुँजीवादी माफियाहरु मान्छेको दिमागलाई समेत कन्ट्रोल गर्ने चिप्स भ्याक्सिन बोकेर आउँदै छन् भन्ने कुरा आएको छ । यो कल्पनाजस्तो लागे पनि यो विज्ञानले सावित गरिसकेको यथार्थ कुरा हो । जैविक हतियारको प्रयोग चीनबाट सुरु भएको छ । उसको आँकलन भनेको चीनको अर्थतन्त्र डामाडोल बनाउने हो । तर, अमेरिकन माफियाहरुले आँकलन गरे अनुसार चीनमा कोरोना भाइरस फैलिन पाएन । जसरी चिनियाँ राष्ट्रपति सीले भनेका थिए, वुहान सहरमा कोरोना आउनेछ भनी ५० वर्ष पहिले नै हल्ला गरिरहेका थिए ।” हामीमाथि आक्रमण हुन्छ भन्ने कुरा हामीलाई शंका थियो ।” चिनियाँ राष्ट्रपतिले भनेका थिए । जब चाइनाको सरकार प्रत्यक्ष जनतासँग जोडिएकोले यो संक्रमण चीनमा तीन महिनाभन्दा माथि जान सकेन । यो तीन महिनाको लकडाउनले चीनका जनताको जी.डि.पी.९ प्रतिशतले माइनस भयो भने । यो अवस्था चीनमा यदि दुई वर्ष मात्र लम्बिदिएको भए चीनको अर्थतन्त्र पूरै तहसनहस हुन्थ्यो । यसैमा अमेरिकनहरु बिफल भएर त्यो लडाइँ अमेरिकातिरै फर्कियो र अहिले सबैभन्दा बढी अमेरिकामा क्षति भइरहेको छ । यी माफिया निगम पुँजीवादीहरुलाई जनताको कुनै दया–माया हुँदैन यताका जनता हुन् या उताका, जुनसुकै देशका जनता भए पनि यिनीहरुलाई कुनै मतलब छैन र हुँदैन पनि । जनतालाई कसरी लुट्न सकिन्छ, कसरी अरबपति बन्न सकिन्छ, कसरी स्ट्रक सामान बेच्न सकिन्छ, त्यतातिर मात्र यिनीहरूको ध्यान छ । यसका पछाडि अहिलेको उत्तर साम्राज्यवाद र त्यसका पाल्तु दलाल वा विश्वभरिका माफियाहरुको ठूलो भूमिका छ । विश्वभरिका मानव जातिहरूको दुश्मन उत्तर साम्राज्यवाद हो भन्ने यसका असली सेवकहरुले विश्वभरि गरेको लुटपाट र आतंकबाट स्पष्ट हुन्छ । त्यसैले यो व्यवस्था जनताबाट तिरस्कृत भएको छ । यसको अन्त्य अवश्यम्भावी छ ।

दुनिया“ लुट्ने गजबको सञ्जाल

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै भनेका छन कि जनवरीभन्दा यता जति पनि मान्छेहरू मर्दछन्, त्यो कोरोनाकोमा राख्नु भनेर डब्लुएचओले हामीलाई निर्देशन गरेको छ । हामी सबैलाई कोरोनामा राख्न बाध्य भएका छौं, भनेका छन् । उनले यो कुरा संसदबाटै बोलेका छन् । यसभन्दा अगाडि विश्व स्वास्थ्य संगठनको डेटाले टिभी रोगबाट संसारभरि बार्षिक ६ करोड मानिसहरूको मृत्यु हुन्छ, भनेको छ । मुटु रोगबाट मात्र पाँच करोड मान्छेहरूको मृत्यु हुन्छ । अन्य सबै रोगहरूबाट चार करोड गरी जम्मा वार्षिक १५ करोड मानिसहरूको मृत्यु हुन्छ भन्ने तथ्यांक छ भने आज ती सबै मृत्युहरु कोरोनामा हाल्नुको उद्देश्य के हो ? यसको उद्देश्य भनेको जनतालाई भ्रम सिर्जना गर्ने, आतंकित पार्ने र जनता वैधानिक रुपमै लुट्न, विश्वव्यापी लुट मच्चाउने उत्तर साम्राज्यवादी अमेरिका र त्यसभित्रका विलगेट्स माफियाहरुको सञ्जाल विश्वभरि नै छ । यसका विरुद्ध केही डाक्टरले पनि गलत हो भनेका छन्, जुन मिडियामा आउँदैनन् । एलोपेथी उपचार प्रविधि पूर्णरुपमा फेल भइसकेको छ । आरडीटी र पिसियार टेस्ट विधि सतप्रतिशत फेल भइसकेका छन । आरडिटी त फेलनै भइहाल्यो । पिसिआर पनि वैज्ञानिकले भनेका छन्, पिसिआर कुनै भाइरसको रिसर्चमा प्रयोग गर्न बनाइएको मेसिन हो यसले भाइरस पत्ता लगाउन सक्दैन, भनेपछि यो विधि पनि फेल हो र पैसा लुट्न प्रयोग गरेको स्पस्ट देखिन्छ ।

आयुर्वेदिक उपचार गरेर निको भई धेरै संख्यामा घर फर्किसकेका छन्, तर यो समाचार मिडियामा आउँदैन किनकि यो भित्र ठूलो लुटको खेल चलिरहेको छ । नेपालका नेतादेखि स्वास्थ्य सञ्जाल, काउन्सिल र केही विग मिडिया हाउसहरुलाई समेत खरिद गरेर पूरै समाचार लुकाएर जनतालाई आतंकित बनाइरहेका छन् । यतिसम्म कि ठूलाबडालाई कोरोना लागेको हल्ला गरेर, जस्तो प्रचण्ड, बादल आइसोलसनमा, विनोद चौधरीलाई कोरोना भनेर प्रपोगण्डा मच्चाइरहेका छन् । यतिवेला आयुर्वेदिक अस्पतालहरुले पूर्णरुपमा कोरोनाको उपचार गरेर सञ्चो गराइरहेका छन् । आयुर्वेदिक डाक्टरहरुले भनिरहेका छन् कि यो सामान्य रुघाखोकी जस्तै इन्फ्लुएन्जा हो । यसलाई ठूलो बनाउन आवश्यक छैन भनिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक अस्पतालबाट धेरै कोरोना रोगीहरुलाई उपचार गरेर घर फर्काइसकेका छन् । तर, यसलाई माफियाहरुले प्रचारमा ल्याउनै दिएका छैनन् । किनकि सन्चो भएपछि जनतालाई लुट्न सकिँदैन र यो प्रचारबाट माफियाहरुलाई फाइदा छैन । सरकारका उच्च ओहोदाका कर्मचारीदेखि सिडियो, डिएसपी, सरकारी हाकीमसम्म आयुर्वेदिक डाक्टरले दिएको जडिवुटी खान्छन् तर लुट्नको लागि यलोपेथि प्रचारमा ल्याइरहेका छन् । आयुर्वेद डाक्टर र अएवको हैसियत समान खरदारलेबल बनाएर आयुर्वेदमा लाग्ने डाक्टरहरुलाई डोमिनेट गरेका छन् र जनताकै मनोविज्ञानलाई आयुर्वेद उपचार नै होइन भन्ने जनताको मनाविज्ञान यो सरकारले पार्न बाध्य पारेको छ । अस्ति भर्खरै डब्लुएचओले कोरोनाको नाममा खर्च गर्ने भनेर १० लाख डलर पहिलो चोटि नेपालमा पठाएको छ । पछि कति पठायो त्यो थाहा भएन । यस आर्थिक वर्षमा सरकारकोतर्फबाट नेपालमा १५० अर्ब कोरनाको नाममा खर्च गर्ने योजना बनाएको छ । यो वर्षभित्रै सरकारले कोरोनाको नाममा झण्डै ४२ अर्ब खर्च गरिसकेको छ । यसबाट कोरोनाको नाममा जम्मा १० देखि १५ प्रतिशत मात्र खर्च भएको छ बाँकी सबै भ्रष्टाचार भएको छ । यिनीहरुले जे–जति खर्च ग¥र्यौं भने पनि यो गलत कुरा हो । यदि यिनीहरु इमानदार छन् भने सालाखाला डेटा प्रस्तुत गर्नुभन्दा पनि एउटा श्वेतपत्र जारी गरेर यो शीर्षकमा यति खर्च भएको भनेर भन्न सक्नु पर्दथ्यो । तर, यिनीहरु मात्र होइन माफियाहरूको नेटवर्क माथिबाटै छ । यदि यिनीहरु माफियाको एजेन्ट होइनन् भने यिनीहरु माफियाको स्वार्थमा लागेका छैनन् भने यिनीहरूले आफ्नो धारणा के हो राख्न सक्नु पथ्र्यो तर राख्न सकेनन् किन ? डब्लुएचओ र अमेरिकी साम्राज्यवादी माफियाका यस म्यान किन भएका छन् ? जस्तो डब्लुएचओले पहिला यो भाइरसको नाम कोभिड नाइन्टिन भन्यो यिनीहरुले उही भनेपछि उसले होइन यो भाइरस सार्स २ भन्यो फेरि यिनीहरु होमा हो मिलाए । माक्स अनिवार्य प्रयोग भन्यो यिनीहरुले यस भनेपछि आवश्यक छैन भन्यो फेरि यिनीहरुले यस भने भन्यो, यसमा पनि यस भने, के यिनीहरुको आफ्नो मत छैन, आफ्नो धरातल छैन, आफ्नो हैसियत छैन, जे हु ले भन्यो त्यही खुरुखुरु मान्नुको पछाडि यिनीहरुलाई यसम्यान बनाइएको छ । यिनीहरुले चुपचाप कार्यान्वयन गरेपछि अलिकति लाभ यिनीहरुलाई पनि मिलिरहेको छ । त्यही भएर चुपचाप कार्यान्वयन गरिरहेका छन् ।

यस्तो छ लुटको धन्दा

पहिलो ः अहिलले डब्लु.एच.ओले अनिवार्य पिसिआर अनिवार्य भ्याक्सिन भनेको छ । अहिले पिसिआर गर्न नेपालमा प्राइभेटमा ५ देखि १५ हजारसम्म लिने गरेका छन् । १२ हजारको रेसियो राखी हिसाब गर्दा १२ हजार एकजना बराबर भए २ करोड ७० लाख जनसंख्यालाई गुणा १२ हजार गर्दा ३ खर्ब २४ अर्ब रुपियाँ पिसिआरको नाममा जनतालाई लुट्दै छन् ।

दोस्रो ः भ्याक्सिनबाट प्रत्येक नेपालीलाई कम्तीमा ३ सट हान्दा एउटा सटको ५०० राखेमा १५ सय हुन आउँछ । १५ सय गुणा २ करोड ७० लाख ग¥यौं भने ४० अर्व ५० करोड हु्न्छ यो भ्याक्सिनबाट लुट्ने योजना हो ।

तेस्रो ः क्वारेन्टिनबाट लुट्ने योजनाअनुसार सरकारले सबै बिदेशिएका नेपाली नागरिकहरूलाई घर फर्काउने, पाँचतारे होटेलमा क्वारेन्टिन बनाउने । जसमा १ लाख ५० हाजार जति जनता फर्किन्छन् । मात्र एक रातको १० हजार भाडा लिने रे, दुई हप्ता अनिबार्य बस्नुपर्ने र अरु खानपिन गरेर साँढे ३ लाख जति पैसा कमाउनको लागि सरकार ढडिया थापेर बसेको छ । चौधरी ग्रुपको होटेलले १ लाख ५० हजारमा क्वारिन्टिन भनि विज्ञापन गरेको छ । त्यसैलाई आधार मानेर हिसाव गर्दा १ लाख ५० हजार गुणा १ लाख ५० हजार गर्दा रु. २२ अरव ५० करोट विदेशबाट आउने नेपालीबाट लुट्छन् ।

चौथो ः २३ अर्बका पिसिआर मेसिन आइसकेका छन् जम्मा १ खर्बका मेसिन ल्याउने योजनामा छ । यो सरकारले नै जानकारी दिएको विषय भयो ।

पा“चौं ः यतिवेला सरकारले १५० अर्ब कोरोनाको नाममा खर्च गर्ने सरकारको योजना छ । अब पाँचवटा लुटहरूको जोड ग¥यौँ भने जम्मा ६ खर्ब ३७ अर्ब हुन आउँछ भने भागा २ करोड ७० लाख जनतालाई गर्दा प्रतिव्यक्ति २४ हजार टाउको भार थपिन्छ । तपाईंको घरमा ५ जना परिवार छ भने माफियालाई एक लाख बुझाउनु पर्छ यो मात्र दुई वर्ष लम्बिने हो भने जनताको हालत के होल आँकलन गर्न गाह्रो छ । यसरी लुट मचाइरहेका छन् ।

निष्कर्ष

नेपालमा चैत्र १२ गतेदेखि लगडाउन छ । यसको प्रत्यक्ष असर निम्नवर्गका काम गरिखाने, भाडावाला जनना र मध्यमवर्गका व्यापारीहरुलाई अलि बढी नै संकट परेको छ ।, जसले सटर भाडामा लिएर व्यापार गरिरहेका छन्, यिनीहरूको जीवन पूरा संकटमा पर्दै गइरहेको छ । व्यापार गर्न पाएका छैनन् तर घरबेटीहरुले नियमित भाडा मागेर सताइरहेका छन् । बैङ्कहरुले ब्याज र ऋण चुक्ता गर्न ताकेतासमेत गरिरहेको छ । अब लकडाउन अलि कति मात्रै बढाउने हो, भने जनता, व्यापारी सबै पलायन तथा आत्महत्या गर्ने वातावरणसम्म पुग्ने छन् । जनता भोकभोकै मर्ने सम्भावना छ । कोरोनाले भन्दा पनि आतंकले मर्ने सम्भावना बढिरहेको छ । अहिले हाम्रा अगाडि कोरोना चुनौती आएको छ, यसलाई जीत्न प्राप्त मनोबल इम्युन पावरको खाँचो छ । शारीरिक व्यायामको जरुरी छ । यति कुरा मिलायौं भने हामी कोरोनालाई साँच्चिकै जित्न सक्छौँ । तर, देशको स्थिति ठीक उल्टो छ । सामान्य जनतालाई भोग, रोग र तनाव छ, आतंक छ, मनोबल एकदम कमजोर भएको छ । विकल्पबिनाको लकडाउन थोपरेको छ । हामी यस्तो अवस्थामा आफैँ उभिन गाह्रो भएको बेला हामी कसरी कोरोनासँग लड्न सक्छौँ ? कोरोना खासै केही होइन, यसबाट आयुर्वेदिक डक्टरहरुले ९९ प्रतिशत सन्चो गराएर घर बिरामी फिर्ता गरिरहेका छन् । अब एलोपेथी पूरै खारेज गरिदिनुुपर्छ किनकि यो कोरोना उपचारमा पूर्ण असफलसिद्ध भइसकेको छ । यसलाई प्रयोग गरेर नेपालका दलाल माफियाहरुले ठूलो कालोधन्दा गरिरहेका छन् । जनतालाई संकट छ, कोरोनाको नाममा दलालहरुले अरबौं कमाइसकेका छन् । उनलाई दसैं जस्तो भएको छ । अझै जति लकडाउन हुन्छ त्यतिनै धेरै भ्रष्टाचार गर्न पाउने सम्भावना देखेका छन् । यति ठूलो ब्रम्हलुट गरेका छन् कि राज्यकोष पूरै रित्तो बनाइसकेका छन् र जनता चुस्न लागिरहेका छन् । यो भाइरसबाट हालसम्म नेपालमा जति मान्छे मरेका छन्, त्योभन्दा पाँच गुणा बढी भोकमरी र आत्महत्या गरेर मरेका छन् । यो लकडाउन भोकमरी, अशिक्षा, बेरोजगारी, आत्महत्या र संकटको मुख्य कारक बनेको छ । आपूmले सामाजि तथा भौतिक दूरी कायम गरेर रोग लाग्नबाट बचाउँ ।, यदि रोग लागिहाल्यो भने पनि नआत्तिकन ः आयुर्वेदिक डक्टरका गएर जडिबुटी सेवन गरौं । नियमित व्यायाम गरौं र कोरोना भगाऔं यो माफियाहरूको अपराधिक योजना लकडाउनलाई खारेज गरौं । अब त कम्तीमा सडकमा आउनुहोस् केही दिन अगाडि जर्मनका ५ सय डाक्टर र बैज्ञानिकहरुले यो हू को लकडाउनको विश्वव्यापी निन्दा गरिरहेका छन् । नेपालमा पनि यसको भण्डाफोर गरौँ । हामी हाम्रो स्वास्थ्यकोे जिम्मा आफैँ लिन सक्छौँ । हाम्रो इम्युन पावर बलियो बनायौं भने हामी कोरोनालाई सजिलै जित्न सक्छौं । लकडाउनसँगै साम्राज्यवादीहरूका पाल्तु र गुलामी गर्ने दलाल एजेण्टको रुपमा रहेको नेपालको संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरौँ । कोरोनाको विकल्प लकडाउन र संकट होइन इम्युन पावर र मनोबल बढाऔं कोरोना भगाऔं ।

प्रतिक्रियाहरु