आन्तरिक हवाई उडानको संख्या थप्ने तयारी

२०७७ आश्विन १३ गते, मंगलवार

काठमाडौं । आन्तरिक उडानमा यात्रुको चाप अत्यधिक भएपछि हवाई उडान संख्या थप्ने तयारी भएको छ । कोरोनका कारण लामो समयसम्म बन्द रहेका हवाई उडान सेवामा यात्रुको अत्यधिक चाप देखिएको छ । आन्तरिक उडान सञ्चालन गरिरहेका ठुला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सीउत्साह जनक रहेको कम्पनीले जनाएको छन् ।
यसैबीच चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन् । प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान संख्या बढाउने जनाएको छ । नेपालीका ठुला चाडपर्व नजिकिदै जादा यात्रुको संख्यामा पनि बृद्धि हुदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार