१३ वर्षीय बालक र १५ वर्षीया बालिका बच्चाको आमाबाबु !

२०७७ आश्विन ९ गते, शुक्रबार


काठमाडौं । बेलायतमा १३ वर्षीय बालक र १५ वर्षीया बालिका बच्चाको आमाबाबु बनेको बताइएको छ । १३ वर्षीय बालकलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् । प्रेममा परेको उनीहरु अन्जानमै बच्चाको आमाबाबु बनेका हुन् ।
ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको जनाइएको छ । उनकी प्रेमिकाको नाम भने सेन्टल रहेको छ। १३ वर्षे बालक बाबु बनेको खबर अहिले ब्रिटेनमा भाइरल बनेको छ । तर १३ वर्षमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले दुई वर्षपछि डिएनए जाँच गराउँदा सबैको होश गुम्ने प्रतिवेदन आयो । डिनए रिपोर्ट एल्फीसँग मेल खाएन । सेन्टलले जन्म दिएको बच्चा एल्फीको नभएर अरु कसैको थियो । खबर लेख्छ, एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता को हुन् भन्ने केही पत्तो लाग्न सकेको छैन । आफ्नो डिनएसँग मेल नखाएपछि हाल २२ वर्ष पुग्न लागेका एल्फीले सेन्टल र बच्चा दुबैलाई छाडिदिएको खबर छ । स्कुलमा भेट भएका एल्फी र सेन्टल एकर्काका राम्रा साथी थिए तर बच्चाको बाबु को हो भन्ने विषय भने रहस्य बनेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु