आज देशभर भारी वर्षाको सम्भावना

२०७७ आश्विन ७ गते, बुधबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार