सुनको मुल्य ह्वात्तै घट्यो !

२०७७ आश्विन ६ गते, मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा ओरालो लागेसँगै स्थानीय बजारमा पनि सुनको मुल्यमा कमी आएको जनाएको छ । आज सुनको मुल्य तोलामा १ हजार ७ सय घटेको छ । हिजो ९७ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा एकैदिन १ हजार ७ सयले घटेर ९५ हजार ५ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।। यस्तै आज चाँदीको मुल्य पनी तोलामा १ सयले घटेको छ । सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मुल्य तोलामा १ सय रुपैयाँले घटेर आज १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स १९ सय ६ डलर हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु