डा. भट्टराईद्वारा सरकार कानमा तेल हालेर बसेको आरोप

२०७७ आश्विन ६ गते, मंगलवार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन । चिनियाँ सीमामा आफूले मगाएका सामान लामो समयदेखि रोकिएर चिन्तित बनेका व्यवसायीलाई भेटेपछि उनले सो आरोप लगाउदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चीनबाट आयात गर्न लागिएका अर्बौको सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेकामा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ ।’
सरकारलाई उनको प्रश्न छ, ‘व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’
नेपाल–चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द गरिएका छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको हो ।

नाका बन्द गरिएकैले चीनबाट मगाइएका सामान लोड गरिएका कन्टेनरहरु नेपाल आउन सकेका छैनन् । नाका बन्द गरिएकैले चीनबाट मगाइएका सामान लोड गरिएका कन्टेनरहरु नेपाल आउन सकेका छैनन् ।

प्रतिक्रियाहरु