अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो !

२०७७ आश्विन ६ गते, मंगलवार

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाबाट दुई लाख व्यक्तिको मृत्यु भएको छ भने साढे ७० लाख मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।
चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट संसारभर फैलिएको कोभिड–१९ बाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको हो । मृतकका दृष्टिले ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ एक लाख ३७ हजार व्यक्तिको कोरोनाको संक्रमणका ज्यान गएको छ । त्यहाँ साढे ४५ लाख मानिस संक्रमित छन् । संक्रमितको संख्यामा दोस्रो र मृतक संख्या तेस्रो स्थानमा रहेको भारतमा ८९ हजार व्यक्तिको मृत्यु भएको छ । त्यहाँ ५५ लाख ६० हजार व्यक्ति संक्रमित छन् । रुसमा ११ लाख संक्रमित हुँदा त्यहाँ १९ हजारको मृत्यु भएको छ । मेक्सिकोमा ७३ हजार व्यक्तिको मृत्यु हुँदा सात लाख व्यक्ति संक्रमित छन् ।

प्रतिक्रियाहरु