‘ गिरफ्तार नेता–कार्यकर्ता र सर्वसाधारणलाई रिहा गर’

२०७७ आश्विन ५ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आफ्नो पार्टीका जिल्ला सदस्य गुणसिंह रुम्बा र साधारण जनता दिनेश लामालाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ ।
नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जमिनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण र रोकथाममा असफल बनेको सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने र दुःख दिने गरेको भन्दै उक्त कार्यको भत्र्सना गरेका छन् । जिल्ला इन्चार्ज जमिनको विज्ञप्तिमा जनाइएअनुसार उनीहरूलाई असोज २ गते राती जिल्लाको मनहरी २ मा घरमा सुतिरहेको बेला प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु