‘क्लिन फिड’तोकिएकै समयमा लागू गर्न माग

२०७७ आश्विन ५ गते, सोमबार


काठमाडौं । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञप्ति प्रकाशित गर्दै विधेयकमार्फत कानूनी रुपमा अघि बढि सकेको क्लिन फिड नीति आउने कार्तिक आठ गतेवाट नै लागु गर्न सरकार र सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
आनले विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अघि बढाउने विश्वास समेत प्रकट गरेको छ । केही सञ्चारमाध्यममा क्लिन फिड सम्वन्धी विरोधाभाषपुर्ण समाचार आएको भन्दै आनले आपत्ति समेत जनाएको छ ।
सरकारको निर्णय सहित संसदबाट पारित भई राष्ट्रपतिवाट प्रमाणिकरण भएर राजपत्रमा समेत प्रकाशित भैसकेको विज्ञापन विधेयकका विषयमा फरक फरक खाले धारणा प्रकाशित हुनु आफैमा विरोधाभाषपुर्ण भएको अध्यक्ष रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित ‘क्लिनफिड’ अनिवार्य गर्नुपर्ने व्यवस्था नयाँ विधेयकमा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु