पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए

२०७७ आश्विन ४ गते, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थपिएका ७६७ जनामा कोरोना संक्रमित मध्ये काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना रहेका छन ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु