अमेरिकामा टिकटकमाथि रोक नलगाईने

२०७७ आश्विन ४ गते, आईतवार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको भिडियो सम्बन्धी एप्स टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् । उनले चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबिचको सम्झौतामा सहमति जनाएका हुन् । सम्झौतालाई ट्रम्पले स्वीकृत गरेसँगै टिकटक अमेरिकामा प्रतिबन्धित नहुने भएको छ । बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले आठ करोड भन्दा बढी अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पको भनाइ छ । टिकटकसहितका चिनियाँ एप्लिकेशनहरु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको ट्रम्पले बताउँदै आएका थिए । तर टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ । एक दिनअघि अमेरिकामा टिकटक तथा वीच्याटको डाउनलोड प्रतिबन्धित गर्ने घोषणा गरेको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार