अमेरिकामा टिकटक र वीच्याटमा प्रतिवन्ध !

२०७७ आश्विन ३ गते, शनिबार


काठमाडौँ । अमेरिकामा आइतबारदेखि भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो । कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध लगाइए पनि यस अघिका प्रयोगकर्ताले भने आगामी नोभेम्बरसम्म चलाउन सक्नेछन् । सो पश्चात प्रयोग पूर्ण रुपमा निषेध गर्ने अमेरिकाको तयारी छ ।
चिनियाँ एप्समार्फत राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको तथा तथ्यांक चोरी भएको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउदै आएका छन् । टिकटकले भने आरोपको खण्डन गर्दै अमेरिकी जनताको जिवनशैली बनेको सो एपमा लगाइएको प्रतिवन्धले आफु निराश भएको जनाएको छ । वीच्याटले पनि अमेरिकाको कदम दुर्भाग्यपूर्ण भएको बताएको छ । दुबैले अमेरिकी निर्णयको विरुद्ध कानूनी प्रक्रियामा जाने बताएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार