डा. डीआर उपाध्यायको ‘कतिन्जेल…’ (भिडियोसहित )

२०७७ आश्विन २ गते, शुक्रबार

काठमाडौं । गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड सफल गीतका डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल…’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।

‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौ, आशा त यहाँहरू सबैको माया पाउने छौ’, निर्देशक माइकलले भन्नुभयो ।

गायक तथा सङ्गीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा सङ्गीत मार्फत उत्कृष्ट सिर्जना स्रोता/दर्शकमाझ पस्किएका छौ भन्दै गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको बताउनुभयो । उहाँले आफ्ना अन्य गीत जस्तै यो गीतले पनि सबैको मायाको आफूले अपेक्षा राखेको बताउनुभयो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२  विश्व रकेर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका । त्यस्तै उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।

प्रतिक्रियाहरु