रामजी खाँण र प्रेमा रानाको ‘म त बाग्लुङ तिमी पाल्पाको’ ( भिडियोसहित )

२०७७ आश्विन २ गते, शुक्रबार

काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको छयाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

‘स्कूल जाँदा सँगसँगै जान्थ्यौ
नजिक आउँथ्यौ बोल्न चाहीँ लजाउँथ्यौ’…’

यो लोक दोहोरी जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतमा स्कुलमा पढदा हुने माया प्रेमका कुरालाई व्यक्त गरिएको छ । आफ्नो मनको प्रस्तुति रहेको सार्वजनिक गीतको भिडियो अनिल केसीको निर्माणमा तयार भएको हो । 

प्रतिक्रियाहरु