नेकपा नवलपुरद्वारा जिल्लाभर वालपेन्टिङ

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाभरि वाल पेन्टिङ गरेको छ । जिल्लाका १७० भन्दा बढी स्थानमा वाल पेन्टिङ गरिएको नेकपाले जनाएको छ । गाउँ–टोल अभियानअन्तर्गतको भेटघाटमा नेकपाका नेता, कार्यकर्ता, जिल्ला जनपरिषद्, युवा सङ्गठन नेपाल, अखिल (क्रान्तिकारी), स्थानीय बासिन्दाको सहभागितामा जिल्लाभर वाल पेन्टिङ गरिएको जनाइएको छ ।


जिल्लास्थित सरकारी कार्यालय, स्थानीय निकाय, बन कार्यालय, प्रतीक्षालय, शिक्षण संस्था, चौतारा, सडक पेटी, सार्वजनिक स्थललगायत विभिन्न स्थानमा राजनीतिक, सामाजिक, समसामयिक र राष्ट्रिय नारा समेटेर वाल पेन्टिङ गरिएको नेकपाले जनाएको छ ।


वालिङमा ‘राष्ट्रघाती सम्झौता खारेज गर, सामाजिक विकृति, विसङ्गति अन्त्य गर, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, पुँजीवादी दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा लेखिएको जनाइएको छ ।
सरकारले प्रतिबन्ध लगाएको नेकपाका गतिविधि जनसमुदायमा लोकप्रिय बन्दै गएको र राजनीतिक मुद्दासहित अघि बढेकाले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न चौतर्फी दबाब बढेको पनि बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु