सुनको मूल्य घट्यो

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुईदिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार