‘बुढी पोल्ने’ पर्व मनाइँदै

२०७७ आश्विन १ गते, बिहीबार


काठमाडौं । आज आश्विन संक्रान्ति अर्थात बुढी पोल्ने पर्व । आज सुदूरपश्चिम प्रदेशमा धुमधामसंग बुढी पोल्ने पर्व मनाईँदै छ । द्वापर युगमा भगवान श्रीकृष्णले पृतना राक्षसनीलाई मारेको खुसीयालीमा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सोही सम्झनामा साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने गरिन्छ । जलेको खरानीको टिका गाईबस्तुलाई समेत लगाउने गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार