आजदेखि लामो तथा छोटो दूरीका यातायात सञ्चालन

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौँ । कोरोना भाइरसको संक्रमणको कारण बिगत ६ महिनादेखि बन्द गरिएको लामो दूरीका सहित सबैखाले सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् । बुधबार मन्त्रिपरिषद्को बैठकले सबैखाले सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट सवारीसाधन सञ्चालनमा आउन थालेका हुन् ।
सवारीसाधनमा सिटक्षमताको आधा मात्रै यात्रु रहनुपर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म भाडा लिन पाउने अनुमति दिइएको छ । यसले सर्वसाधारण यात्रु भने आर्थिक मारमा पर्ने देखिएको छ । तर यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।
यता काठमाडौँ उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ । बुधबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले यातायातमा जोरबिजोर प्रणालीलाई कायम राखेर यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु