प्यारो देश

- हस्तबहादुर केसी २०७७ भाद्र ३१ गते, बुधबार

                                   

मेरो प्यारो देशलाई
एमसीसी रुपको
गोमन सर्पले
चारै सिमानाबाट
घेरा हालि सक्यो
मेरो प्यारो देशको
सुन्दर आगन भित्र
प्रवेश गरी गरी सक्यो
मेरो प्यारो देशको
दुष्ट मालिक
अरबौ मूल्यमा
बिक्री भई सक्यो
मेरो प्यारो देशको
देश द्रोसी मालिकले
अजिङ्गर रुपी
गोमन सर्पलाई
मेरो प्यारो
आगन भित्र
घुसाई सक्यो
अब
मेरो प्यारो देशको
मजेरीमा पुगेर
गोमन सर्पले
आफ्नो विषालु
द्राहले
मेरो प्यारो देशको
मुटुमाथि
डस्नको लागि
सबै तयारी
गरी सक्यो
मेरो देशको
दुष्ट मालिकले
सबै हिसाबकिताब
बुझाउने तयारी
गरी सक्यो लाजै नमानेर
मेरो देशको
देश द्रोही मालिकले
सबै तयारी गरी सक्यो
सात समुद्र पारबाट
ल्याइएको गोमन सर्पलाई
मेरो प्यारो देशको मुटुमाथि
गोमन सर्पबाट डसाउन
सबै तयारी पुरा गरी सक्यो
अब धेरै दिन छैन
मेरो प्यारो देश
देश जस्तो भएर
सगरमाथाको काखमुुुुनी
शान्त सुन्दर र
स्वाभिमान सहितको
जीवन ज्यून
पाउने दिनहरु
अब धेरै दिन छैन
किनकि
मेरो देशको दुष्ट मालिकले
भित्र्याई सक्यो
एमसीसी रुपी गोमन सर्पलाई
मेरो प्यारो देशभित्र
त्यसैले
सबै तयारी गरी सक्यो
विषालु गोमनले
मेरो प्यारो देशको मुटुमाथि
विषालु द्राहरुले
गिध्दले सिनु लुछेझै लुछ्न
अधिकार दिसक्यो
मेरो देशको दुष्ट मालिकले
मेरो देशको देशद्रोही कुलङ्गारले
त्यसैले अब
मेरो प्यारो देशको छातिमाथि
आफ्नो विषालु फना फनाइरहेको
एमसीसी रुपी गोमन सर्पलाई
टिपेर हिन्द महासागरमा फ्याकी दिन
करोडौं सपूत देशभक्तहरु
विहानीको निद्राबाट ब्यूतिए झै गरी
जुरुक्क उठ्नुको विकल्प छैन
काँधमाथि काँध जोडेर
होसमाथि होस जोडेर
हातमाथि भाला बोकेर
काँधमाथि बन्दुक बोकेर
कदममाथि कदम गरेर
सगरमाथा चुम्ने आँट गरेर
जोस आक्रोस र साहसका साथ
अगाडि बढ्नुको विकल्प छैन
योगदान र बलिदानको पर्वाह नगरी
मेरो प्यारो देशको स्वाभिमान बचाउन
देशभक्त सपूतहरुले
रगतको खोलो बगाउन परे पनि
बगाउन तयार हुनुको विकल्प छैन ।

प्रतिक्रियाहरु