अखिल (क्रान्तिकारी) सल्यानद्वारा पहिरो पिडितहरुलाई राहत

२०७७ भाद्र ३१ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सल्यानले छत्रेश्वरि गा.पा. १ चामेमा पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ । एक कार्यक्रमका बिच पहिरो पिडित १४ घरपरिवारलाई पैतिस हजार (३५,०००) बराबरको खाद्य सामग्री चामल, दाल, तेल, नुन लगायत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको जनाएको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका पुर्व अध्यक्ष टंक प्रकाश के.सी, संगठनका जिल्ला अध्यक्ष गणेश क्षेत्री (प्रभाकर), संगठनका काेषाध्यक्ष प्रभास क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य टाेप, पार्टीका एरिया सदस्यहरु सुवास, निर्मल, रमेश र सुनिल लगायतको उपस्थित थियोे ।
कार्यक्रममा संगठनका पुर्व अध्यक्ष टंक प्रकाश केसीले विद्यार्थी अान्दोलन न्याय र सत्य विजयको अर्को नाम भएको र राष्ट्रियता, जनतन्त्र, जनजिविकाकाे पक्षमा निरन्तर संर्घषमा रहेको विद्यार्थी अान्दोलन माथि गरिएको दमन मानवअधिकार स्वतन्त्रताको विरुद्ध अन्यायपूर्ण रहेको बताउनु भयो भने संगठनका जिल्ला अध्यक्ष प्रभाकरले संगठन सधैं वैज्ञानिक समाजवादी शिक्षाका निम्ति संघर्ष गरिरहेकाे र अाम विद्यार्थी अभिभावककै बिचमा रहेकाे बताए । याे देशका ९० लाख विद्यार्थीकाे भविष्य अखिल (क्रान्तिकारी) ले मात्रै सुनश्चित गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु