जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न

२०७७ भाद्र ३० गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति अन्तर्गत सिराहा–काठमाडौँ जिल्लाको भेला सम्पन्न भएको छ । भेलाले अविरल थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । सदस्यहरूमा मीना थापामगर, सन्तोष राई, भेषकुमार तामाङ र असिन शाह रहेको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै मञ्चको दार्चुला–काठमाडौँको भेला पनि सम्पन्न भएको छ । भेलाले प्रेम नेपालीको संयोजकत्वमा १५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । समितिका सदस्यहरू मीरा धामी, कुमार विक, विकास ठगुन्ना, विपीन नेपाली, रामकुमार धामी, सुदीप विक र हरि ठगुन्ना रहेको मञ्चले जनाएको छ ।

भेला जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंहको उपस्थितिमा भएको थियो । यस्तै अन्य अतिथिहरूमा सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान र निश्चल थापा पनि उपस्थित थिए । भेलामा केन्द्रीय अध्यक्ष कमानसिंहले सङ्गठनलाई शुद्धीकरण गर्दै जिल्ला भेला, विभिन्न सङ्गठन तीव्र रूपमा अगाडि बढाउँदै जाने बताएका थिए । यस्तै केन्द्रीय सदस्य खेम प्रधानले सङ्गठन जस्तोसुकै परिस्थितिमा लडेर भए पनि एकीकृत जनक्रान्तिका पक्षमा अघि बढ्ने बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु