अखिल (क्रान्तिकारी) सुनसरीद्वारा रक्तदान

२०७७ भाद्र ३० गते, मंगलवार

काठमाडौँ । अखिल (क्रान्तिकारी) सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) सुनसरी जिल्लाले महामारीका कारण उत्पन्न भएको रगत अभावलाई मध्यनजर गर्दै आज धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । प्राविधिक सहयोग धरान रेडक्रसले गरेको साथै सुनसरीका विद्यार्थी र धरानका जनतासहितको उपस्थिति र सक्रियतामा सो संगठनले आयोजना गरेर रगत अभाव हुन नदिन यस कार्यमा जुटेको अध्यक्ष नताशा सुवेदीले जानकारी दिईन । केही दिन अघि मात्र संगठनको केन्द्रीय समितिले सबै जिल्ला देखि ईकाइ सम्मलाई रक्तदानमा सहभागी हुन विज्ञप्ति मार्फत आह्वान समेत गरेको थियो।
झन्डै दुई दर्जनले रक्तदान गदै गर्दा उक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको बुझिएको छ । प्रहरीको अनाबश्यक हस्क्षेप कतिपय रक्तदाता रक्तदान नगरिएको फर्किएको कार्यक्रमका एक सहभागीले बताए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु