पछिल्लो २४ घन्टामा १,४५९ जना कोरोना सङ्क्रमित थपिए

२०७७ भाद्र ३० गते, मंगलवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १,४५९ जना कोरोना भाइरस सङ्क्रमित थपिएको जनाएको छ । आज काठमाडौँ उपत्यकामा ६७६ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लाका ५५५, ललितपुरका ३५, र भक्तपुरका ८६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण भएको थियो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३७१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ६२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४० हजार ६३८ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार