तीन महिनाभित्र कोरोनाविरुद्धको खोप बजारमा आउने !

२०७७ भाद्र ३० गते, मंगलवार


काठमाडौँ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’का प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताएका छन । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् । उनले कुन खोप लगाएकी हुन् भन्ने खुलाएकी छैनन् ।
हाल चीनका चारवटा खोप हाल अन्तिम चरणको परीक्षणमा छन् । यीमध्ये तीनवटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ । सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा खोपको विकास गरिरहेका छन् । अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको हो । सो खोप गत जुनमै चिनियाँ सेनालाई प्रयोगको अनुमति दिइएको छ । अहिले अमेरिका, चीन, रुस, बेलायत लगायतका देशमा थुप्रै खोप परीक्षणको अन्तिम चरणमा छन् । जुलाईमै सिनोफार्मले सन् २०२०को अन्त्यसम्ममा आफूले बनाएको खोप आममानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु