निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै व्यापारीहरु सडकमा

२०७७ भाद्र ३० गते, मंगलवार


काठमाडौं । कोटेश्वर व्यवसायी संघले निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै प्रदर्शन गरेको छ । संघले अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताए । संघले बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नु पर्ने घरभाडामा सहुलियतलगायतका माग गरेको छ ।
बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि आन्दोलनमा छ । केही दिनयता महासंघले सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै आएको छ ।
महासंघले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना मागहरु पूरा गर्न ध्यानाकर्षण गराएको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि आफ्नाहरु पूरा गराउन भूमिका खेलिदिन आग्रह गरेको थियो ।

सोमबारमात्रै पनि महासंघले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई भेटेर आफ्ना मागहरुबारे जानकारी गराएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु