आगामी तीन दिन भारी वर्षाको सम्भावना

२०७७ भाद्र ३० गते, मंगलवार


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महहाशाखाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षाको सम्भावना भएको जनाएको छ । महहाशाखाले मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा भईरहेको छ । महाशाखाका अनुसार झापामा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
आज काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने हल्का वर्षाको मात्रै सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार