खुमन र शान्ती श्रीको ‘मर्ने बाच्नेको’ सार्वजनिक

२०७७ भाद्र २९ गते, सोमबार


काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।
शिवदर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको छ । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।
बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशा रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।
बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।

प्रतिक्रियाहरु