दक्षिण एसियामा चीनको नेतृत्व

२०७७ भाद्र २९ गते, सोमबार

विष्णु पन्त

१. दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को विघटन ः दक्षिण एसियाली सहयोग संगठन (सार्क)को नेतृत्व स्वभाविक रुपमा भारतको पोल्टामा पर्दथ्यो । भारत र पाकिस्तानको विवाद पछि सार्क अघोषित विघटनमा परेको छ । भारतले पाकिस्तानबिनाको सार्र्क बनाउन चाहन्छ, त्यो कुराले अरु देशहरुबीच विश्वसनीयता प्राप्त गर्न सकेन । त्यसो त सार्कमा चीनको प्रवेश गर्ने इच्छा र प्रस्ताव आएपछि स्वभाविक रुपमा भारत यो संगठनप्रति निरुत्साहित बन्योे । वास्तवमा भन्ने हो भने सार्कमा मुख्य रुपमा भारतको साम्राज्य थियो । पाकिस्तान पनि मधुर स्वरमा मात्र भारतको विरोध गर्दथ्यो । नेपाल, भुटान र बंगलादेशमा त भारतको बोलवाला नै चल्दथ्यो । राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा पनि भारतीय हस्तक्षेप हुन्थ्यो । शायद यी देशहरु भारतीय उपग्रह जस्तै वनेका थिए । भारतले आपूmबाहेक अन्य देशमा अस्थिरता निम्त्याउने योजना, षड्यन्त्र र गेमप्लान गरिरह्यो । सत्तामा टिक्नका लागि भारतीय शासक वर्गको गुलामी गरिरहनुपर्ने विवशता कायम थियो । छिमेकी र साना देशहरुसँग सीमा अतिक्रमण गरिरहने भारतको मूल नीति रह्यो । देश भित्रका साना–साना मुद्दामा पनि भारतीय हस्तक्षेपवाट देशहरु आजित थिए । आपूm प्रतिकुलका नेता वा पार्टीहरु हावी भएमा तिनीहरुको हत्या गर्र्ने वा पार्टी फुटाइदिने रणनीतिलाई भारतले मुख्य सूत्र बनायो । नेपालमा अस्थिरता भएको बेलामा सीमा मिच्ने र बंगलादेशमा बाढी आएको बेला सीमा अतिक्रमण गर्ने भारतको साम्राज्यवादी नीति अहिले पनि जारी छ । नेपालको कर्मचारी सरुवा, बढुवादेखि मन्त्रिमण्डल निर्माणमा समेत भारतीय हस्तक्षेप जारी रहन्थ्यो । जसले भारतीय शासक वर्गको गुलाम गर्र्न सक्यो र जो भारतको दलाल बन्न सक्यो, उही यहाँका संसदीय पार्टीमा हावी हुने परिस्थिति थियो । प्रधानमन्त्री बन्दा नदीनाला नै भारतलाई बुझाउनुपर्ने बिडम्बना हामीकोमा थियो । पछिल्लो समय महाकाली सन्धिको दृष्टान्त छँदैछ । तत्कालीन एमाले भोलि सरकार चलाउन भारतको सर्मथन चाहिने भन्दै महाकाली सन्धि पास गर्ने निर्णय गरेको थियो । मदन भण्डारी र जीबराज आश्रितको रहस्यमय हत्या अनि दरबार हत्याकाण्डको माध्यमबाट भएको राजा विरेन्द्रको वंशनाश खासगरी भारतीय योजनामा भएको विश्वास गरिन्छ । भुटानको त परराष्ट्र नीति नै भारतको नियन्त्रणमा रहेको थियो । सारमा भन्दा दक्षिण एशियामा भारतको साम्राज्य र प्रभुत्व थियो । तर, पछिल्लो समय आफ्नै नेतृत्वमा रहेको सार्कलाई भारत आफैँ निष्किृय बनायो । पाकिस्तानसँगको विवादलाई निहँु बनाएर भारतले सार्कको विकल्प खोज्ने प्रयास ग¥यो । पाकिस्तान र चीनबिनाको क्षेत्रीय संगठन भारतको रुचीको विषय थियो । वास्तवमा सार्कको अघोषित विघटन भारतको असफलता थियो ।

२. दक्षिण एशिया विस्तारै भारतकोे हस्तक्षेपबाट स्वतन्त्र हुन खोज्दैछ ः दक्षिण एशियामा भारतको साम्राज्यवादी नीति थियो । साम्राज्यवादको घोषित नीति नै साना र कमजोर देशहरु माथि हस्तक्षेप गरिरहने । अन्य देशमा राजनीतिक अस्थिरता सिर्जना गर्ने, संचार क्षेत्रमा लगानी गर्ने र कतिपय नेता, पत्रकार, कर्मचारी र अभियन्ताहरुलाई दूतावासबाट मासिक तलव दिने जस्ता कामहरु भारतबाट भएका छन् । आज पनि भारतीय दूतावासबाट नेता कर्मचारी र उच्च पदस्थ ब्यक्तिलाई रात्रिभोजका नाममा बोलाएर देशका विरुद्ध वा नेताहरुका विरुद्ध बोल्न लगाइन्छ । भारतले नेपाल जस्ता देशहरुमा विभाजन वा विखण्डनका लागि समेत ठूलो लगानी गरिरहेको छ । कतैै मधेशका नाममा हुन्छ कि, कतै भाषाका नाममा त कतै धर्र्मका नाममा विखण्डन र विभाजनको षड्यन्त्र गरिरहेको छ । आज चीन र अमेरिका अनि चीन र भारतबीचको शक्तिसंघर्षले भारतवाट स्वतन्त्रता चाहने देशहरुले विस्तारै प्रयत्न गरिरहेका छन् । आज नेपाल, भुटान र बंगलादेश विस्तारै भारतीय अतिक्रमण र हस्तक्षेपको चंगुलबाट बाहिर निस्किने र स्वतन्त्रताको स्वास फेर्ने कोसिस गर्दैछन् ।

३. चीनसगको विवाद पछि भारत कमजोर ः अहिले विश्वमा विकसित नयाँ शक्ति सन्तुलनमा भारतले अमेरिकाको पक्षमा लाग्ने निर्णय ग¥यो । पहिला अमेरिका र सोभियत संघ बीचको शीतयुद्धमा भारत सोभियत संघको कित्तामा थियो । अहिले अमेरिका र चीन बीचको नयाँ शक्ति संघर्षमा भारतले अमेरिकालाई साथ दिने अर्थात् चीनलाई नाकाबन्दी गर्ने र प्रतिबन्धित गर्ने रणनीतिमा सहभागी हुने निर्णय ग¥यो । चीनसँग अनावश्यक ब्यापार युद्ध गरेर स्वयम् अमेरिकाको प्रभाव विश्वबाट घट्दो छ । त्यसैगरी दक्षिण एशियाबाटै भारत एक्लिँदै छ । भारत अहिले अमेरिकाको उक्साहट र भड्कावमा चीनका विरुद्ध ब्यापार युद्ध र सीमा युद्धको घोषणा गर्दैछ । तर, अहिलेको अमेरिकासँग भारतको पक्षमा लडिदिने औकात छैन । चीनसँगको विवादले स्वयम् अमेरिका हायलकायल र अस्थिर बन्दैछ भने भारतको के हालत होला, सहजै अनुमान गर्न सकिन्छ । शायद चीन, अमेरिका र रसियालाई सन्तुलनमा राखेर अगाडि बढ्ने रणनीति लिएको भए आजको भारतलाई सबैभन्दा बढी फाइदा हुन्थ्यो । तर, उसले आत्मघाती कदम चाल्यो कि अमेरिकालाई उछिन्दै गरेको चीनसँग दुश्मनी साँध्यो । यसबाट भारतीय अर्थतन्त्रमा हलचल पैदा हुने निश्चित छ ।

४. चीन र भारतबीचको शक्तिसंघर्ष पछि पाकिस्तान बलियो ः चीन र भारतबीचको संघर्ष र विवाद मूलतः चीन र अमेरिकाबीचको शक्तिसंघर्षसँग सम्बन्धित छ । चीनका लागि भारत कुनै चिन्ता वा गणनाको विषय होइन । पछिल्लो समय भारत अमेरिकाको कित्तामा स¥यो र अमेरिकी उक्साहटमा ऊ चीनका विरुद्ध लाग्दैछ । स्पस्टै छ भारतले पुरानो समीकरणको कित्ता परिवर्तन ग-यो । पुरानो समीकरणमा चीन, रुस र भारतबीचको एउटा समीकरण थियो । अमेरिकाले चीनलाई घेर्ने, एक्ल्याउने र निषेध गर्ने रणनीतिअन्तर्गत भारतलाई प्रयोग गर्नुपर्ने निष्कर्ष निकाल्योे । त्यसैले त अमेरिका र भारतको एउटै रणनीति छ । फ्रि तिब्बतलाई समर्थन गर्ने, हङकङलाई भड्काउने, दक्षिण चीन सागरमा हुने अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सहभागी हुने, ताइवानलाई स्वतन्त्र बनाउने र चीनविरुद्ध प्रयोग गर्ने, भारतमा चिनियाँ ब्यापार र लगानीलाई प्रतिबन्ध लगाउने जस्ता गतिविधिमा भारत सक्रिय भएको छ । उता भारतलाई तह लगाउने चीनको आफ्नै रणनीति छ, त्यो हो पाकिस्तानलाई शक्तिशाली बनाउने । दक्षिण एशियामा चीनको बलियो मित्रराष्ट्र पाकिस्तान बनेको छ र उसले एक्लै पनि भारतलाई हल्लाई दिन सक्छ । पाकिस्तान र चीनबीच धेरै ठूलो सहकार्य हुँदैछ । चीनको सहयोगमा पाकिस्तान सैन्य हिसाबले भारतभन्दा शक्तिशाली बन्ने सम्भावना बढ्दै छ ।

५. चीनसगको विवाद पछि साम्राज्यवादी हस्तक्षेप कमजोेर हुदै ः चीन र भारतबीच सम्बन्ध बलियो भएमा दक्षिण एशियामा भारतीय दबदबा, हस्तक्षेप र सीमा अतिक्रमण बढ्छ किनकि चीनले भारतलाई चिढ्याउन चाहँदैन । तर अहिले यी दुई देशबीचको विवाद पछि लगभग सबै देशहरु भारतीय हस्तक्षेप र अतिक्रमणबाट मुक्त हुन खोज्दै छन् । शायद चीन र भारतबीचको शक्ति संघर्ष बढ्नु भारतीय साम्राज्यवादी हस्तक्षेपको शिकार बनेका नेपाल, भुटान, श्रीलंका, बंगलादेश जस्ता राष्ट्रहरु स्वतन्त्रताको अभ्यास गर्दैछन् र भारतीय हस्तक्षेपलाई इन्कार गर्न सक्ने तहमा पुग्दै छन् ।

६. चीन र भारतको शक्तिसंघर्षवाट उत्पन्न हुन सक्ने परिणामहरु ः भारत मूलतः अमेरिकी मास्टर प्लानमा चीनका विरुद्ध कदम चाल्दैछ । भारतले पहिलो चरणमा चीनसँग सीमा विवाद र चिनियाँ लगानीका थुप्रै व्यापारमाथि प्रतिबन्ध लगाएको छ । भारतले चीन विरुद्ध चाल्न सक्ने कदमहरु के–के हुन सक्लान भनेर समीक्षा गर्ने प्रयास सर्वत्र हुँदैछ ।

६.१. चीनका विरुद्ध भारतका प्रारम्भिक कदमहरु निम्न हुने देखिन्छ–

क. चीनसँग सीमा विवाद ।

ख. चिनियाँ लगानी र ब्यापारलाई भारतमा प्रतिबन्ध ।

ग. फ्रि तिब्बत आन्दोलनलाई सहयोग, समर्थन र उत्प्रेरणा ।

घ. तिब्बतलाई स्वतन्त्र राज्यको मान्यता दिने ।

ङ. हङकङलाई स्वतन्त्र बनाउने ।

च. ताइवानलाई स्वतन्त्र राज्यको मान्यता ।

छ. दक्षिण चीन सागरमा चीन विरुद्धको संयुक्त शैन्य अभ्यासमा सहभागी हुने ।

ज. चीनको सत्ता उलटपुलट गर्नु ।

६.२.भारतका विरुद्ध चीनका जवाफी कदमहरु ः जब भारत चीनका विरुद्ध खुलेरै आक्रमणमा उत्रँदैछ, तब चीनका सामुजवाफी रणनीतिहरुको विकास गर्नु अनिवार्य हुन्छ । भारतलाई कमजोर बनाउने चीनका रणनीतिहरु निम्न हुन सक्छन्–

क. विवादित जम्मु–कश्मिर र पञ्जाबलगायत क्षेत्रलाई पाकिस्तानमा गाभ्नका लागि सहयोग गर्नु ।

ख. अरुणाञ्चल प्रदेशलाई चीनले आफ्नो भूमिका रुपमा दाबी र कब्जा गर्नु ।

ग. सिक्किमलाई स्वतन्त्र बनाउनु वा चीनमा समाहित गर्नु ।

घ. भारतबाट स्वतन्त्र हुन खोजेका राज्यहरुलाई सहयोग गर्नु ।

ङ. भारतलाई टुक्राटुक्रा पार्ने रणनीतिमा काम गर्नु ।

च. भाकपा (माओवादी) सँग सम्बन्ध विस्तार र सहयोग गर्नु ।

७. भारत र पाकिस्तानको नक्सा युद्ध पछि चीन भारत बीचको सीमा विवाद ः नक्सा युद्धको शुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । उनले भारतको नयाँ नक्सा अध्यावधि गर्दै पाकिस्तान र नेपालका केही भूमिलाई भारतमा गाभ्ने काम गरे । पछि नेपाल र पास्तिानले पनि आ–आफ्ना नयाँ नक्सा अध्यावधि गरे । पाकिस्तान र भारतबीच त अस्वभाविक लाग्ने गरी नक्सा विस्तार गर्ने होडबाजी जस्तै बन्यो । जम्मु, कश्मिर र पञ्जावको सन्दर्भमा भारत र पाकिस्तान बीच ठूलो मतभेद छ । खासगरी मुसलवान बाहुल्यका सीमा क्षेत्रहरु ऐेतिहासिक हिसाबले पाकिस्तानका हुन् भन्ने पाकिस्तानको तर्क छ । जम्मु कश्मिरलाई दिएकोे विशेष अधिकार र छुट्टै राज्यको अधिकारलाई मोदी सरकारले हनन् गरेपछि भारतमा असन्तुष्टि तीब्र बन्दैछ ।

८. चीन र भारतबीचको संघर्षमा चेपुवामा पर्ने देशहरु ः दक्षिण एशियाको नजरबाट मात्र हेर्दा चीन र भारतबीचको शक्तिसंघर्षबाट चेपुवामा पर्ने मुख्य देशहरु हुन्– भुटान, बंगलादेश र नेपाल । एकातर्फ शदियौंदेखि भोगेको भारतीय हस्तक्षेपवाट मुक्त हुन चाहनु उनीहरुको नैसर्गिक अधिकार हो र त्यसका लागि चीनको सहयोग र उत्प्रेरणा सकारात्मक हुनेछ । अर्कोतिर सरकारको चरित्रअनुसार आत्मसर्मपणवादी भएकाले भारतको पक्षमा र चीनको विपक्षमा लाग्न अमेरिकाको पनि नाङ्गो हस्तक्षेप हुने निश्चित छ । यस्तो अवश्थामा भुटान, बंगलादेश र नेपालजस्ता देशहरुले के गर्लान् भन्ने विषय महत्वपूर्ण हुनेछ । समग्रमा भन्दा जब चीन आक्रामक रुपमा आउने छ, तव दक्षिण एशियाबाट भारत एक्लिने निश्चित छ ।

९. दक्षिण एशियामा चीनको नेतृत्व ः निश्चित छ, अबको विश्वको नेतृत्व चीनले गर्नेछ । विश्वकै नेतृत्व गर्ने चीनले एशियाको नेतृत्व गर्नु स्वभाविक हुनेछ । तर दक्षिण एशियामा सार्कको नाममा भारतले नेतृत्व गरेको थियो । भारत र पकिस्तानको विवादपछि सार्कलाई जीवन्त राख्न भारत अनिच्छुक बन्यो र दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क) अघोषित रुपमा विघटित बन्यो । सार्कको अघोषित विघटन भारतको ठूलो असफलता थियो । अहिले विस्तारै घटनाक्रमले नयाँ मोड लिँदैछ । अमेरिका र चीनको विवाद पछि भारतले अकस्मात क्याम्प परिवर्तन ग¥यो । रुसको प्रयासमा अझै पनि भारतलाई अमेरिकासँग टाढा राख्नु नै हुनेछ । शायद यसै प्रयासअनुरुप हुनसक्छ चीन र भारतका विदेशमन्त्री विचको सीमा विवादसम्बन्धी बैठक मस्कोमा बस्यो । गत बिहीबार चीन र भारतका परराष्ट्र मन्त्रीबीच मस्कोमा भएको दुई पक्षीय संवादवाट ५ बँुदे सहमति भएको घोषणा गरियो । तर, त्यो बैठकले खासै परिणाम दिन सकेको छैन । अब भारतलाई पछाडि हट्नु झनै चुनौतिपूर्ण र प्रतिष्ठाको विषय बन्नेछ । भारतले अमेरिकाको सहयोगमा नयाँ शक्तिराष्ट्र वा सुपर पावर बन्ने सपना बोकेको छ । चीनले भारतलाई टक्कर दिन पाकिस्तान काफी छ भन्ने संश्लेषण गरी उसलाई ठूलो सहयोग गरिरहेको छ । भारतले रुसबाट ल्याएका राफेल विमानका विरुद्ध आफैँले बनाएका युद्धपोतहरु पकिस्तानलाई बेचेको छ । त्यसकारण भन्न सकिन्छ चीन र भारत विस्तारै युद्धतर्फ मोडिँदै छन् । भारत, ताइवान वा साउथ चाइना सि जहाँ युद्ध भए पनि त्यो मुख्यतः चीन र अमेरिकाबीच हुनेछ । चीन र अमेरिकाबीचको युद्धमा भारत प्रयोग भएर उसले आत्मघाती बाटो राज्दैछ । चीनको वरिपरी आएर लड्नु अमेरिकाका लागि सजिलो छैन । फेरि चीन र अमेरिकाबीचको पेचिलो संघर्ष अमेरिकाको राष्ट्रपति निर्वाचनपछि मत्थर हुन पनि सक्छ । कतिपय विश्लेषकले भनेका छन् कि भारतमा पनि नरेन्द्र मोदीले आफ्नो अलोकप्रियता र असफलतालाई छोप्न वा विषयान्तर गर्नका लागि चीनसँग सीमा विवादको नाटक गरेका हुन । जेहोस्, दक्षिण एशिया अव चीनको प्रभावमा भारतीय हस्तक्षेपबाट विस्तारै मुक्त हुने दिशा तय गर्दैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु