डा. डीआर उपाध्यायको ‘दुईमुटु जोडेर…’ सार्वजनिक ( भिडियोसहित )

२०७७ भाद्र २८ गते, आईतवार


काठमाडौं । विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।
विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ । मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो । यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो ।
डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गरेका छन । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । यस्तै केही समय अघि सार्वजनिक डा. डीआर उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ एक गीत १२ भाषामाले पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो । डीआरको गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।
डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् ।

प्रतिक्रियाहरु