अक्सफोर्डले बनाएको कोरोनाविरुद्धको खोपको पुन : परीक्षण हुदै

२०७७ भाद्र २८ गते, आईतवार


काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्धको खोपको फेरि परीक्षण शुरु हुने भएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको विस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका केही व्यक्तिमा समस्या देखिएपछि केही दिनअगाडि खोप परीक्षण रोकिएको थियो ।
धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा प्रतिक्रिया देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको हो ।
यसबीचमा गरिएको अध्ययनमा परीक्षण गर्न सुरक्षित रहेको पाइएपछि अब त्यसलाई अघि बढाइने भएको बताइएको छ । अक्सफोर्ड र औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोना बिरुद्धको खोप विश्वमा सबैभन्दा आस गरिएको खोप हो । खोप तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिका लगायत देशका ३० हजार मानिसको सहभागिता रहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु