जुजु कोरोना कहरबीच पनि संगीत सिर्जनामा ब्यस्त

२०७७ भाद्र २७ गते, शनिबार


काठमाडौँ । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभावित बनेको बेला संगीत क्षेत्र अछुतो रहने त कुरै भएन । दिनमा दुईवटासम्म गीतको संगीत संयोजन गर्ने ब्यस्त एरेन्जर जुजु गुरुङ अहिले गीत रेकर्डिङको काम ठप्प जस्तै भए पनि आफ्नो सिर्जनामा भने कुनै कमि आउन दिएका छैनन् । लमजुङको भोटेओडारबाट २०४८ सालतिर काठमाडौँ आइपुगेका एरेञ्जर जुजु गुरुङले असंख्यक गीतमा धुन भरिसकेका छन् । बद्री पंगेनीको ‘ससुरालीमा’ लोकप्रिय भएसँगै एरेञ्जर जुजु गुरुङको माग एक्कासी चुलियो । पूmलमा भमरा, मिरमिरेमा भाले बासेको, झल्को लाली ओठको, जमल घण्टाघर, बनको काफल बनकै चरीलाई जस्ता लोकप्रिय गीतमा संगीत संयोजन गरिसकेका एरेन्जर जुजु गुरुङ अहिले पनि आफ्नो कर्ममा त्यतिकै नै सक्रिय छन् । गीत, संगीतको क्षेत्रमा उनले पु¥याएको योगदानको मूल्यांकन स्वरुप ८ औं म्युजिक खबर म्युजिक अवार्ड २०७६, ५ औँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६, नेशनल इपिक नेपाल म्युजिक अवार्ड २०७५ ‘जुरी’ लगायत दर्जन बढी कदर पत्र र सम्मान चुम्न सफल भइसकेका गुरुङ तमु ल्होसार मूल आयोजक समितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा लोक दोहरी तथा कला, संगीत क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै एरेन्जर गुरुङलाई सम्मान गरेको थियो । जस्तोसुकै समस्या आइपरे पनि यस्तो अवस्थामा घरमै बसेर संगीत सिर्जना गर्नुको विकल्प छैन र आममानिसको स्वास्थ्यभन्दा ठूलो कुरोचाहिँ अहिलेको अवस्थामा अरु केही नहुने उनको बुझाइ छ ।

प्रतिक्रियाहरु