बिन्तीको ‘काफल पाक्यो’ सार्वजनिक ( भिडियोसहित )

२०७७ भाद्र २६ गते, शुक्रबार


काठमाडौं । गायक बिन्तीकुमार गुरुङले आफ्नो नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक बिन्ती कुमार गुरुङको रहेको छ। ळहाङ सुब्बाले संगीत संयोजन गरेको यस गीतमा गायक गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्।
म्युजिक भिडियोमा विदेशी मोडेल आयशा अनवरको साथमा गायक गुरुङ फिचर्ड छन्। पहिलो पटक म्युजिक भिडियोमा देखिएका गुरुङको यो भिडियो अमेरिकामा छायांकन भएको हो। गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको भिडियोलाई सुनिल उप्रेतीको छायांकन , सम्पादन र निर्देशनमा तयार पारिएको हो।
गुरुङ समाजमा जन्मिएर रोधी संस्कारमा नाच्दै गाउदै हुर्किएका गुरुङ विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्छन। बहुप्रतिभाशाली गायक गुरुङ गायन संगै गीत लेखन , संगीत भर्न र अभिनयमा रुचि राख्छन्। आफ्नै प्रोडक्शन कम्पनी ज्यासमिन क्रियसन मार्फत आफ्ना संगीत सिर्जनाहरु बजारमा प्रस्तुत गरिरहेका गायक गुरुङले यसअघि चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई संगको सहकार्यमा Plead ( बिन्ती ) एल्बम सार्वजनिक गरिसकेका छन्।
लामो समयको प्रतीक्षा पश्चात कोरना कहरबीच सार्वजनिक गरिएको म्युजिक भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन गायक गुरुङले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रतिक्रियाहरु