काठमाडौं महानगरपालिकाद्वारा फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग

२०७७ भाद्र २६ गते, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्रमार्फत फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह गरेकी छन । उनले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताउदै सो आग्रह गरेकी हुन् । फुटपाथ र ठेला व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेको र त्यसको प्रभावकारी अनुगमन गर्नसमेत समस्या हुने उनको भनाइ छ । यदि यस्ता व्यापारीमा कोरोना संक्रमण देखिएमा प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसकिने भन्दै उपप्रमुख खड्गीले फुटपाथ तथा ठेला व्यापार नियन्त्रण गर्ने महानगरपालिकाको नीति रहेको भन्दै यसलाई बन्द गर्ने गरी आदेश जारी गर्न माग गरेकी हुन् ।
यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फुटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि भने खुला गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार