लेखक साहित्यकारहरुद्वारा लेखक एवम् संस्कृतिकर्मी बिरहीलाई तत्काल रिहा गर्न माग

२०७७ भाद्र २६ गते, शुक्रबार

काठमाडौं । दर्जनौ लेखक तथा साहित्यकारहरुले राजनीतिक वैचारिक आस्थाका आधारमा अत्यन्त पूर्वाग्रही भएर लेखक एवम् संस्कृतिकर्मी अनिल शर्मा ‘बिरही ‘ लाई प्रहरीले गिरफ्तार गरेकोमा गभिर आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गरेका छन। उनीहरुले सत्ताले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश चरित्र देखाइरहेको, अदालतले रिहा गरेका राजनीतिक व्यक्तित्वलाई आफ्नै संविधान र कानुनको बर्खिलाप पटक पटक गिरफ्तार गर्ने र झुठा अभियोग लगाई बन्दी बनाइरहने अत्यन्त अलोकतान्त्रिक कार्य निरन्तर गरिहेको र यसको पछिल्लो दृष्टान्तका रूपमा अस्पतालको शय्यामा उपचाररत रहेका लेखक तथा सांस्कृतिक चिन्तक अनिल शर्माको गिरफ्तारीलाई लिन सकिन्छ भन्दै उनलाई तत्काल रिहा गरी उपचारको वातावरण सुनिश्चत गर्न जोडदार माग गरेका छन् ।
९२ जना लेखक साहित्यकारहरुद्वारा जारी उक्त वक्तव्यमा भनिएको छ, “अनिल शर्माको उक्त अमानवीय गिरफ्तारी पञ्चायतकालीन निरङ्कुशतालाई सम्झाउने राज्यको अलोकतान्त्रिक र अमानवीय व्यवहार हो भन्ने टड्कारो अनुभूति भएको छ । चितवन (भरतपुर) को एउटा अस्पतालमा भर्ना भई ढाडको गम्भीर समस्याको उपचार गराइरहेका अवस्थामा उहाँलाई अस्पतालको बेडबाटै गिरफ्तार गरेर धनुषा प्रहरीलाई सुम्पनु र बिरामी अवस्थामा धनुषा पु¥याउनु अमानवीय र निरङ्कुश व्यवहार हो भन्ने कुरा छर्लङ्गै छ । त्यतिमात्र होइन, धनुषाको अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेपछि पनि पुनः गिरफ्तार गरेर सुनसरी जिल्लाको प्रहरीलाई सुम्पने कार्य जसरी गरिएको छ, त्यसले राज्यको चरित्र कति अलोकतान्त्रिक, असहिष्णु र निरङ्कुश प्रकारको छ भन्ने कुरालाई सिद्ध गरेको छ । कुनै कसुरको पर्याप्त सबुत नहुँदा नहुँदै पनि भिन्न राजनीतिक आस्था राखेका आधारमा यसरी एकजना राष्ट्रिय समस्याप्रति सचेत र सक्रिय नागरिकलाई गम्भीर शारीरिक अस्वस्थताका बावजुद गिरफ्तार गरेर स्वास्थ्यसेवाबाट समेत वञ्चित गरिनु हदैसमम्मको अमानवीय कार्य हो । यस घटनाले भारतमा यसै गरी आस्थाका आधारमा गरिएको कवि वरवर राव र जी एन साइबाबा लगायतका संस्कृति तथा अधिकारकर्मीहरूको गिरफ्तारीको झल्को दिएको छ । यसले नेकपा नाउँको वर्तमान सरकार समाजवाद होइन, कट्टरतावाद हुँदै फासीवादका दिशामा जान लागेको सङ्केत गर्दछ । हामी तपसीलका लेखक तथा संस्कृतिकर्मीहरू सरकार र सिङ्गो राज्यको यस्तो दमनकारी कृत्यको तीव्र निन्दा गर्दछौं र यस्ता निरङ्कुश कार्य बन्द गरी नागरिकका फरक आस्था र विचार राख्ने स्वतन्त्रताको सम्मान गर्न तथा गिरफ्तार गरिएका सांस्कृतिकर्मी एवं राजनीतिकर्मी अनिल शर्माको तत्काल रिहा गरी उपचारको वातावरण सुनिश्चत गर्न जोडदार माग गर्दछौं ।”
वक्तव्य जारी गर्नेहरुमा १. निनु चापागाईं, २. प्रा. डा. जगदीश चन्द्र भण्डारी, ३. रोशन जनकपुरी, ४. इस्माली, ५. आहुति, ६. डा. कृष्णराज अधिकारी, ७. नवीन विभास, ८. प्रा. डा. नन्दीश अधिकारी, ९. हीरामणि दुःखी, १०. खेम थपलिया, ११. निभा शाह। १२. कर्णबहादुर थापा, १३. कुमार थापा, १४. प्रा. श्रीधर अधिकारी, १५. डा. रामप्रसाद ज्ञवाली १६. लोकराज रेग्मी, १७. तक्मा के. सी., १८. मोदनाथ मरहट्टा, १९. विष्णु भण्डारी, २०. बलराम तिमिल्सिना, २१. सङ्गीत स्रोता, २२. विनोदविक्रम के. सी., २३. राजु स्याङ्तान २४. डा. सुकुम शर्मा। २५. यादवराज उपाध्याय, २६. प्रा.डा. ताराकान्त पाण्डेय, २७. परशुराम कोइराला, २८. नुमराज बराल, २९. पोषराज पौडेल, ३०. भीम रानाभाट, ३१. सीता शर्मा, ३२. गौरी दाहाल, ३३. शोभा दुलाल, ३४. राजेश बान्तवा, ३५. डा. विदुर वस्ती ३६. प्रभात सापकोटा, ३७. पूर्णबहादुर अधिकारी, ३८. छायादत्त न्यौपाने, ३९. देवेन्द्र लम्साल ४०. रविकिरण निर्जीव, ४१. ईश्वरी ओझा, ४२. अनिल श्रेष्ठ, ४३. हुकुमबहादुर सिंह, ४४. उमेश आचाय, ४५. कल्पना चिलुवाल, ४६. कृष्णहरि भट्ट, ४७. चन्द्रा थानी, ४८. पञ्चकुमारी परियार, ४९. विष्णु न्यौपाने, ५०. वसन्त बोगटी, ५१. असल पाख्रिन, ५२. जय दाहाल, ५३. इन्द्र राउत, ५४. सुनिता बुढाथोकी, ५५. चित्रनारायण थारू, ५६. नारायण मरासिनी, ५७. बन्दना ढकाल, ५८. शीला योगी, ५९. खगेश्वर भण्डारी, ६०. प्रकाश खनाल ६१. कमल निओल, ६२. राजेन्द्र पौडेल, ६३. सिर्जना ढकाल, ६४. इन्दिरा अधिकारी, ६५. ईश्वरी गुरागाई, ६६. विष्णु नेम्बाङ्, ६७. खोमा तरामु मगर, ६८.कला अनुरागी, ६९. शकुन्तला जोशी, ७०. विकास लुङ्गेली, ७१. काजी गाउँले, ७२. घनश्याम शर्मा पौडेल, ७३. केदार श्रेष्ठ, ७४. शैलज पौडेल, ७५. प्रतिमा पोखरेल, ७६. रेशम विरही, ७७ गोपालबाबु मरहट्टा, ७८. शरद पौडेल, ७९. अर्जुन ढकाल, ८०. राजेन्द्र घायल, ८१. सुरज उपाध्याय, ८२. कुशल बोगटी, ८३. अशोक सुवेदी, ८४. सरल माझी, ८५. आरोह नेपाली, ८६. लम्जेल सङ्घर्षशील, ८७. मुक्तान थेबा, ८८. अग्निराज पौडेल, ८९. विमला चन्द, ९०. ढुण्डीराज अधिकारी, ९१. केशाङ लामा, ९२. मित्रलाल पंज्ञानी रहेका छन् ।

प्रतिक्रियाहरु