भारतमा एकैदिन ९६ हजार बढी कोरोना संक्रमित थपिए

२०७७ भाद्र २६ गते, शुक्रबार


काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टाभित्र ९६ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको बताइएको छ । यो संख्या भारतमा एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक हो । भारतमा अहिलेसम्म ४५ लाख ५९ हजार ७ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ लाख ३९ हजार ९८३ जना उपचारपछि निको भएका छन । हिजो एकै दिन त्यहा एक हजार २ सय १३ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कारोनाका कारण ७६ हजार ३ सय चार जनाको मृत्यु भैसकेको छ । पछिल्ला केही दिनदेखि भारत सबैभन्दा धेरै दैनिक संक्रमण हुने मुलुकको पहिलो सुचिमा छ । संक्रमित संख्याको आधारमा भारत विश्वकै दोस्रो स्थानमा रहेको छ ।
विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ९९ हजार ६ सय ४३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा पाँच हजार ८ सय २८ जनाको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या नौ लाख १३ हजार भन्दा धेरै छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु