चीन र भारतबीच पाँच बुँदे सहमति

२०७७ भाद्र २६ गते, शुक्रबार

काठमाडौँ । चीन र भारतबीच पाँच बुदे सहमति भएको छ । लद्धाखमा सैन्य तनाब बढीरहेका बेला मस्कोमा बिहिबार साँझ चीनीया विदेश मन्त्री यागं यी र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भएको वार्तामा उक्त सहमति भएको हो ।
पाँच बुदे सहमति अनुसार आपसि मतभेदलाई विवादमा नबदल्ने,सीमा क्षेत्रको तनाव दुबै देशको पक्षमा नभएकाले सैन्य स्तरमा वार्ता जारी राख्ने र माहौल शान्त बनाउने,सीमाका बिषयमा मौजुदा सहमतिको पालना गर्ने र शान्ति कायम गर्ने, सीमानाको बिषयमा बिशेष प्रतिनिधिहरुका बीचमा वार्ता जारी राख्ने, बोर्डरमा शान्ति कायम भए पछि दुबै देशले आपसि सम्बन्ध अगाडी बढाउने सहमति भएको छ ।
यस सहमतिका बाबजुद बोर्डरमा दुबै देशको सेना केन्दीत छन् भने हतियार, लडाकु विमान, क्षेप्यास्त्र तैनाथ कायम छ ।
सन् १९६२ को युद्ध पछि पहिलो पटक गत जुन १५ मा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि माहौल तनावपूर्ण बनीरहेको छ । केही दिन अघि दुबै देशका सेनाले हवाई फायर समेत गरेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु