जिल्ला अदालत सुनसरीद्वारा विरहीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आदेश

२०७७ भाद्र २५ गते, बिहीबार

काठमाडौँ । जिल्ला अदालत सुनसरीका न्यायाधिस प्रकाश श्रेष्ठले लेखक तथा साँस्कृतिककर्मी अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन आदेश दिएका छन । सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालत पुर्याएपछि विरही’को स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै न्यायाधिस श्रेष्ठले सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आदेश दिएका हुन् । सुगर र मेरुदण्डको समस्या रहेका विरही लामो समयदेखि विरामी भएर चितवन भरतपुरस्थित एक अस्पतालमा उपचार गराइरहेका थिए । अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले गिरफ्तार गरी धनुषा लिएको थियो । बुधबार धनुषा अदालतले रिहा गरे पनि प्रहरीले पुनः अदालतबाटै गिरफ्तार गरी सुनसरी पुर्याएको थियो । सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालतमा लिएपछि अदालतले आजै १५ दिनको म्याद समेत थपेको छ ।
यसैबीच , विश्व नै कोरोनावाट आक्रान्त भै रहेको बेला स्वास्थ्य अवस्था निकै कमजोर भएका विरहीलाई गिरफतार गर्दा र हिरासतमा राख्दा प्रहरीले स्वास्थ्य सम्बन्धि कुनै सचेतता नअपनाएको पाइएको छ । प्रहरीको गलत हर्कतले उनमा कोरोना सक्रमण भए राज्यले जिम्मा लिनु पर्ने विरहीको परिवारजनले बताएका छन ।

प्रतिक्रियाहरु