युवा संगठन गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न ।

२०७७ भाद्र २५ गते, बिहीबार


काठमाडौं । युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल गंगादेब गाउ कमिटी सदस्य ललित के सी को अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संगठन नेपाल गंगादेब गाउ कमिटी वडा नं ३ का पुर्व अध्यक्ष खिम के सीले संचालन गरेका थिए । उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेशबिक्रम चन्दको रहेको थियो भने विशेष अतिथि नेकपा रोल्पाका जनसरकार प्रमुख बिश्व ,अतिथिहरु युवा संगठन नेपाल रोल्पाका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्ज्वल,नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमिटीका इन्चार्ज किरण , नेकपा गंगादेब गाउकमिती सेक्रेटरी एवम् युवा संगठन रोल्पाका उपाध्यक्ष बिपिन, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य रमेश मल्ल,पुर्व जनमुक्ति सेनाका कमान्डर ताइगर, नेकपा रोल्पाका सल्लाहकार मंगल ,नेकपा रोल्पा जिल्ला सदस्य तिम,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेम,अखिल नेपाल शिक्षक संगठनका रोल्पा जिल्ला उपाध्यक्ष गोपाल ,युबा संगठन नेपाल रोल्पाका सचीव असल ,युवा संगठन नेपाल रोल्पाका कोषाध्यक्ष जय,लगायत रहेका थिए ।
स्वागत मन्तव्य युवा संगठन नेपाल गंगादेब गाउँ कमिटीका सदस्य लालबहादुर मल्ल ले दिएका थिए । उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले शुभकामना दिदै युवाहरू नै देश परिवर्तन को मुख्य खम्बा भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउनको लागि सबै नौजवान युवाहरू एक हुनुपर्ने बताए । दलाल सत्ताको अखाडा भट्काउन युवाहरू तयारी हालतमा बस्न अनुरोध गर्नु भयो । यो दलाल सत्ता श्रमजीवी बर्गका जनताको हितमा नभएकोले यो सत्ता खारेज गरि जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरि छोड्ने दाबी गरे। गाउँ गाउँबाट जनसत्ता संचालन गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । साथै युवा नेता दिनेशले युवाहरु कुनै लोभ लालचमा नपरी एक पटक गम्भीर भएर क्रान्तिमा होमिन अपिल गरे।युबाहरु नै क्रान्तिको निर्णायक भएकाले सहिद हरुका अधुरा सपना पूरा गर्दै नेपाली जनताको न्याय ,मुक्ति ,स्वतन्त्रता ,समानता ,स्वाधीनता , राष्ट्रियता,जनतन्त्र ,जनजिविकाको निम्ति एकीकृत जनक्रान्तिको महान अभियान अभियानमा लामबद्ध हुन अनुरोध गर्नु भयो। अहिले समाजमा देखिएका बिकृती,विसंगति ,स्थानीयतह हरुमा भैरहेको भ्रष्टाचार ,अनियमितता ,लुटपाट ,ढिलासुस्ती, अन्याय ,अत्याचार ,विभेद स्थानीय जनप्रतिनिधि हरुको दादागिरी लाई अन्त्य गर्न र जनताको आवस्यकता अनुसार जनसेवाको कार्यमा एकजुट भएर जुट्न निर्देशन दिएका थिए । साथै उनले जनताको मुक्तिको निम्ति पार्टीले दलाल सत्ता खारेज गरेर जनताको सत्ता स्थापना गर्न सबै प्रकारका तयारी गरिरहेकाले सचेत युवाहरू जनमुक्ति सेनामा भर्ती हुनको लागि तयारी अबस्थामा बस्न पनि अनुरोध गरेका थिए ।

यस्तै भेलाका विशेष अतिथि जनसरकार रोल्पाका प्रमुख विश्वले जिल्लामा जनसत्ता द्वारा बिकास निर्माण ,न्याय ,सुसासन दिलाउन महत्वपूर्ण कामहरु बताए अझ जनताको संत्तालाइ व्यवस्थित गराउन र दलाल सत्तालाइ खाली गराउन युवाहरूले सहयोग गर्नु पर्ने बताए ।दलाल सत्ता असफल भैसकेकाले अब रोल्पामा जनसत्तानै एकमात्र बिकल्प भएको दाबी गरे ।
उक्त भेलाका अर्का अतिथि युवा संगठन नेपाल रोल्पाका अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्वलले एकीकृत जनक्रान्तिलाइ तुंगोमा पुर्याउन युवाहरू गाउँ गाउँ बस्ती बस्ती हरुवाट एक भएर जुट्नु पर्ने भेला भएको बताए । साथै पार्टीको आवस्यकता र माग अनुसार युवाहरु जुनसुकै क्षेत्र भूगोलमा काम गर्न पनि तयारी भएर बस्न अनुरोध गरे। रोल्पालि युवाहरुले एकीकृत जनक्रातिमा नयाँ ईतिहास कायम गर्नु पर्ने सुनौलो अबसर प्राप्त प्राप्त भएकाले कुनै पनि हालतमा अबसर उपयोग गर्नु पर्ने बताए ।
भेलाका अतिथि नेकपा गंगादेब गाउँ कमिटी इन्चार्ज किरणले भेला सफलताको शुभकामना दिदै जनताको न्याय अधिकार सुनिश्चित गर्न युवाहरु क्रान्तिमा लामवद्द हुन अपिल गरेका थिए ।
भेलाका अतिथि नेकपा गंगादेब गाउँ कमिटी सेक्रेटरी एवम् युवा संगठन रोल्पाका उपाध्यक्ष बिपिनले युवाहरु स्थानिय स्तरमा बिकृती बिसंगती,अन्याय ,अत्याचार ,विभेद, दलाल सत्ता द्वारा भैरहेको भ्रष्टाचार ,अनियमितता विरुद्ध डतेर लडिरहेको बताए ।साथै युवाहरु अझै स्पातिलो भएर डतेर लाग्नु पर्ने बताए ।
भेलामा सहभागी युवाहरुले दलाल सत्ता बाट आसा मरिसकेकाले एकीकृत जनक्रान्ती मार्फत निर्माण हुने बैज्ञानिक समाजवादी सत्ताको मात्र आस रहेको बताएका थिए साथै पार्टीले आबस्यकता थानेर जस्तो सुकै जिम्मा दिएपनी आफुहरुले बहन गर्ने बताएका थिए । क्रान्तिको झन्दा पुनः उठाउन पाउँदा गैरवान्बित भएको बताएका थिए । ललितको अध्यक्षतामा २१ सदस्यीय गंगादेब गाउँ कमिटी निर्वाचित भएको थियो ।सामाजिक दुरि कायम गर्दै करिब २००जना युवाहरूको उपस्थितिमा भेला भब्य रुपमा सम्पन्न भएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु