सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो !

२०७७ भाद्र २४ गते, बुधबार


काठमाडौँ, २४ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको जनाएको छ । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय पुगेको छ । चाँदीको भाउ पनि आज ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय १५ रुपैयाँ कारोबार भैरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु