मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने !

२०७७ भाद्र २३ गते, मंगलवार


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । उक्त दुर्घनामा कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहितको मृत्यु भएको थियो । सवारीचालक राधाकृष्ण थापामगर अझैसम्म बेपत्ता भएका छन् । सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको थियो । गत असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भएपनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार