रातो मच्छिन्द्रनाथको जात्रामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएकालाई स-सम्मान रिहा गर्न माग

२०७७ भाद्र २२ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले गतबिहिबार रातो मच्छिन्द्रनाथको जात्रामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएकालाई स-सम्मान रिहा गर्न माग गरेको छ । सो पार्टीको ललितपुर सेक्रेटरी विदुषीले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेकी हुन् ।
सेक्रेटरी विदुषीले युवाहरु भेला हुँदा ( निषेधाज्ञाको बीचमा ) प्रहरी प्रशासन के हेरी बसेको थियो ? भन्ने प्रश्न गर्दै जनतासँग समन्वयन गरेर अगाडि बढ्नुको साटो पुलिस प्रशासनले बल प्रयोग गरी पानीको फोहोरा हान्ने , अश्रुग्यास हान्ने काम गरी जनतामाथि दमन गर्ने , सिसिटिभि फुटेज हेरिहेरि जनताको छोराछोरीहरुलाई घरघरमा गएर लछारपछार गरी जेलमा झुठा मुद्दा लगाएर दुःख दिने कार्यको भ्रत्सना गरेकी छन । उनले यस निन्दनीय कार्यको बदला स्वरुप जनता पनि सडकमा उत्रिएर प्रहरी प्रशासनका आफन्त, सरकारका जनप्रतिनिधिहरूको घरघरमा गएर भ्रष्टहरुलाई खोजीखोजी जनताले कारबाही गर्न थाले के हालत हुन्छ ? भन्ने प्रश्न गर्दै यतातिर पनि ध्यान दिन चेतावनी दिएकि छन ।
उनले रातो मच्छिन्द्रनाथको जात्रामा सत्ताको हुर्मत देखाएर बलप्रयोग गरेको बिरोध गर्दै जात्रामा संलग्नलाई खोजी खोजी गिरफ्तार गर्ने कार्य तुरुन्त बन्द गर्न चेतावनी दिदै गतबिहिबार रातो मच्छिन्द्रनाथको जात्रामा संलग्न भएको भन्दै गिरफ्तार गरिएका महेश ब्रजाचार्य , पृथ बिन्दु महर्जन , सुविन शाक्य , असोज कुमार महर्जन, ध्रुवराज बज्राचार्य , यादवलाल कायस्थ , श्याम थास्नि , रोज बाडे , रविन शाक्य , रत्न श्रेष्ठ , प्रविन शाक्य, रवि शाक्यलगायतलाई तत्काल स-सम्मान रिहा गर्न माग गरेकी छन।

यस बिषयमा ललितपुर सेक्रेटरी विदुषीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “विश्व महामारी ( कोभिड १९) महामारी सँग जुधिरहेको छ । हाम्रो नेपालमा दुई जनामात्र संक्रमित देखीदा देशभरी बन्दा बन्दी (लकडाउन )गरीएको थियो । तर आजका दिनसम्म देशभरि कतै कर्फ्यु त कतै निषेधाज्ञा जारी गरिएको छ । तरपनि संक्रमितको संख्या ४५००० को हाराहारीमा रहेको छ । मर्नेहरुको संख्या २८० पुगेको छ । कतै जनता भोकले मरिरहेका छन् कतै रोगले त कतै यो निकम्मा सरकारको चरम करको भारमा थिचिएर मरिरहेका छन् । यो केपी पिके भ्रष्ट, निकम्मा, दलाल सरकार भागबन्डा र एैस आराममा लिप्त छ । यो जनतामारा सरकार को जति निन्दा गरेपनि कम हुन्छ ।
हाम्रो जिल्ला ललितपुरको नेवारी समुदायले मनाउदै आएको रातो मच्छिन्द्रनाथको जात्रामा आफ्नो सत्ताको हुर्मत देखाएर बलप्रयोग गरी यो सरकारले जनतामाझ मा आफुलाई नाङ्गो बनाएको छ । रातो मछिन्द्रनाथ को जात्रा को आफ्नो गौरबसालि ऐतिहासिक महत्व छ । नेवारी समुदायको आस्था र विश्वासमाथि कुल्चिएर यो सरकारले आफ्नो चरित्र उदांगो पारेको छ । रथ निर्माण गर्ने काम एक लामो पर्कृया हुन्छ, निर्माण गर्दै गर्दा यो सरकार, जनताका प्रतिनिधि, सत्ताका मालिकहरू के हेरी बसेका थिए ? रथ निर्माण भैसकेपछि बैठक बस्ने भनिएको युवाहरु भेला हुँदा ( निषेधाज्ञाको बीचमा ) प्रहरी प्रशासन के हेरी बसेको थियो ? जनतासँग समन्वयन गरेर अगाडि बढ्नुको साटो पुलिस प्रशासनले बल प्रयोग गरी पानीको फोहोरा हान्ने , अश्रुग्यास हान्ने काम गरी जनतामाथि दमन गर्ने , सिसिटिभि फुटेज हेरिहेरि जनताको छोराछोरीहरुलाई घरघरमा गएर लछारपछार गरी जेलमा झुठा मुद्दा लगाएर दुःख दिने कार्यको भ्रत्सना गर्दछौं । यस निन्दनीय कार्य को बदला स्वरुप जनता पनि सडकमा उत्रिएर प्रहरी प्रशासनका आफन्त, सरकारका जनप्रतिनिधिहरूको घरघरमा गएर भ्रष्टहरुलाई खोजीखोजी जनताले कारबाही गर्न थाले के हालत हुन्छ ? तिमीहरुको यता तिर पनि ध्यान जावोस् । जनताको ताकत भन्दा तिमीहरूको ताकत कदापि ठुलो हुन सक्दैन । प्रहरी हस्तक्षेपको घोर भ्रत्सना गर्दछौं । खोजी खोजी गिरफ्तार गर्ने कार्य तुरुन्त बन्द गरीयोस् । गिरफ्तार सबै जनताका प्रिय छोराछोरीहरुलाई स(सम्मान रिहाई गरियोस ।

गिरफ्तारहरुको नामावली सहित ः
१.महेश ब्रजाचार्य
२.पृथ बिन्दु महर्जन
३.सुविन शाक्य
४.असोज कुमार महर्जन
५.ध्रुवराज बज्राचार्य
६.यादवलाल कायस्थ
७. श्याम थास्
८.निरोज बाडे
९.रविन शाक्य
१०. रत्न श्रेष्ठ
११. प्रविन शाक्य
१२. रवि शाक्य”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु